काठमाडौं । इंग्लिस क्लब टोटेनहमका स्ट्राइकर ह्यारी केनले सातौं पटक प्लेयर अफ द मन्थ अवार्ड जितेका छन् ।
मार्च महिनाको उत्कृष्ट खेलाडी बन्दै केनले सातौं पटक प्लेयर अफ द मन्थको अवार्ड हात परेका हुन् ।
२८ वर्षीय केनले मार्चमा ४ गोल गर्दा २ असिस्ट गरेका थिए ।
केनले म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर सर्जियो अग्युरोको कीर्तिमान समेत बराबरी गरेका हुन् ।
अग्युरोले ७ पटक प्लेयर अफ द मन्थ अवार्ड जित्ने पहिलो खेलाडी हुन् । अग्युरोले सन्यास घोषणा गरिसकेका छन् ।
केनलाई अग्युरोको कीर्तिमान तोड्ने मौका रहेको छ ।
यस्तै लिभरपुलका पूर्व कप्तान स्टेभेन जेरार्डले ६ पटक प्लेयर अफ द मन्थ अवार्ड जितेका छन् ।