काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ स्वदेश फर्किएका छन् ।
माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरण राष्ट्रिय टोलीबाट खेल्न बुधबार स्वदेश फर्किएका हुन् ।
किरणले माजिया स्पोर्ट्स एण्ड रिक्रिएसम क्लबबाट माल्दिभ्सको शीर्ष डिभिजनको 'धिवेही प्रिमियर लिग' खेलिरहेका छन्।
तर, अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि किरण नेपाल फर्किएका हुन् ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मैत्रीपूर्ण खेलका लागि किरणको कप्तानीमा दुई फरक टिम घोषणा गरिसकेका छन् ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
दुई खेलको मैत्रीपूर्ण माघ १५ र माघ १८ गरे हुनेछ । दुबै मैत्रीपूर्ण खेल ४:४५ बजे सुरु हुनेछ ।
नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।