काठमाडौं । एस्टन भिल्लाका लुकास डिग्ने तथा म्याटी कासमाथि प्लास्टिकको बोतल प्रहार गरेको भन्दै एक फुटबल समर्थनलाई पक्राउ गरिएको छ ।
गुडसिन पार्कमा शनिबार राती एभर्टनविरुद्धको खेलका क्रममा लुकास र म्याटीमाथि बोतल प्रहार गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
कासले उक्त बोतलले आफ्नो टाउकोमा लागेको बताए ।
तर पनि एस्टनले उक्त खेल १–० ले जितेको थियो ।
एभर्टनले सिसिटिभीको सहयोगमा बोतल प्रहार गर्ने समर्थकलाई पक्राउ गरिएको जनाएको छ ।