काठमाडौं । आइभरी कोस्टले अफ्रिका कप अफ नेसन्समा आफ्ना गोलरक्षक सेल्भेन ग्बोहोलाई खेलाउन नपाउने भएको छ ।
फिफाले सेल्भेनमाथि लागुऔषध प्रयोगलाई लिएर प्रतिवन्ध लगाइएको पुष्टि गरेपछि आइभरी कोस्टले आफ्ना उत्कृष्ट गोलरक्षकलाई खेलाउन नपाउने भएको हो ।
इथोपियाको ओलकिटे सिटीका लागि व्यावसायीक फुटबल खेल्दै आएका सेल्भेनले विश्व एन्टी–डोपिङ एजेन्सीले उत्तेजक औषधीको रुपमा वर्गीकरण गरेको मुटुको औषधि ट्राइमेटाजिडिनको प्रयोग गरेको पाइएको थियो ।
जसका कारण फिफाले उनलाई अस्थायी रुपमा निलम्बन गरेको थियो ।
अफ्रिकन कप अफ नेसन्स अन्तर्गत आइभरी कोस्टले आफ्नो पहिलो खेल बुधबार इक्वाटोरियल गिनीविरुद्ध खेल्दैछ ।
फिफाले सेल्भेनमाथि प्रतिवन्ध लगाएपनि उक्त प्रतिवन्ध फुकुवा हुने अपेक्षासहित आइभरी कोस्टले भने उनलाई टोलीमा समावेश गरेको छ ।