काठमाडौं । फ्रान्सेली मिडियालाई विश्वास गर्ने हो भने पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउने प्रयास गरिरहेको छ ।
यसको पृष्ठभूमिका रूपमा दुई तथ्य सबैलाई थाहा छ नै ।
त्यसमध्ये पहिलो, रोनाल्डो अहिले म्यानचेस्टर युनाइटेडमा खुसी छैनन् । दोस्रो, केयलिन एमबापेले पीएसजी छाड्ने लगभग निश्चित जस्तै भएको छ ।
त्यसो त गत वर्ष नै पीएसजीले पोर्चुगकाली कप्तानलाई अनुबन्ध गर्न प्रयास गरेको थियो, जति बेला एमबापे रियल म्याड्रिड जाने हल्ला चर्को थियो ।
त्यति बेलासम्म एमबापेलाई पेरिसमै राख्नका लागि गर्न सक्ने निर्णय क्लबकै हातमा थियो, तर अहिले भने त्यो पनि रहेन् । यता रोनाल्डोको म्यानचेस्टरका अहिलेका व्यवस्थापक राल्फ राङनिकसँग मनमुताव बढ्दो छ ।
रोनाल्डो म्यानचेस्टर फर्केको एक वर्षमै अन्यत्र जान चाहन्छ भने पनि पीएसजी उनका लागि सबैभन्दा राम्रो गन्तब्ध हुन सक्छ ।
फेरि रोनाल्डो जत्तिको महँगो खेलाडीलाई धान्न सक्ने क्लब पनि त पीएसजी मात्र छ । यी सबै हल्ला नै सही, साँचो हुन्छ भने लियोनल मेसीसँगै रोनाल्डो एउटा क्लबमा हुनेछन् ।
–मार्काको सहयोगमा ।