पोखरा । पोखरामा जारी बगर भाई खलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएके दोश्रो दिनको खेलमा आयोजक बगर भाई खलक ‘हरियो’ टिम विजयी भएको छ ।
बगर भाई खलकको टिमले काठमाडौको वौद्ध भेट्रान्स माथी ५–२ ले सहज जित दर्ता गरेको हो । टुँडीखेल मैदानमा भएको खेलमा वगर भाई खलकका मनोज गुरुङले ह्याट्रिक पुरा गरे । त्यस्तै राजकुमार लामा र दिपक गर्वुजाले समान १–१ गोल गरे ।
प्रतियोगिता अन्तर्गत दोश्रो दिन ७ खेल सम्पन्न भएका छन् । त्यस्तै सानो गौचरन भेट्रान्स काठमाडौंले थापा गाउँलाई ३–० ले पराजित गर्यो । हेटौडाको नागसोती टिमले सिमरा भेट्रानलाई २–० ले पराजित गरेको छ ।
त्यस्तै आयोजक वगर भाई खलकको ‘वि’ टिम बुटवल भेट्रान्स संग ४–० ले पराजित भयो । प्रतियोगिता अन्तर्गत पशुपति भेट्रान्स काठमाडौले किङ कम भेट्रान्सलाई टाईव्रेकरमा २–१ ले पराजित गरेको छ ।
त्यस्तै पोखराको एविसी भेट्रान्स ‘ए’ टिमले काठमाडौको टुँडीखेल भेट्रान्स माथी ३–० को सहज जित दर्ता गर्न सफल भयो । एविसीका लागि हरि खड्का, डम्वर गुरुङ र नरेन्द्र गुरुङले समान १–१ गोल गरे । त्यस्तै मंगलबार नै भएको खेलमा पोखराको लेकसाईड भेट्रान्स काठमाडौको फ्रिडम फाइटरसँग टाई व्रेकरमा २–१ ले पराजित भयो ।
माघ १ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाण्डौं, विरगंज, हेटौंडा, चितवन, बुटवलका साथै स्थानिय गरी कुल २५ टिमको सहभागिता रहेको संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।
प्रतियोगिता विजेताले टिमले १ लाख ५१ हजार १ सय १ सय ११ र उपाविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।