काठमाडौं । आठौं चरणमा सबैभन्दा उल्लेखनीय जित मनाङ मर्स्याङ्दीले प्राप्त गरेको थियो, च्यासलमाथि ।
पोखरा रंगशालामा भएको खेलमा मनाङ ५–० ले विजयी रह्यो र त्यसमा आफिज ओलावाले ह्याट्रिक गरे ।
यो लिगको दोस्रो ह्याट्रिक मात्र रह्यो । यसअघि सातदोबाटोका मार्टिन्स अजयीले ह्याट्रिक गरेका थिए ।
यस चरणमा दुई आत्मघाती गोल गरे, फ्रेन्ड्सका रोनेल एन्थोनी पल र हिमालयन शेर्पाका अमृत श्रेष्ठले ।
थ्री स्टारविरुद्धको खेलमा सुरुमा अमृतको गरेको आत्मघाती गोलको श्रेय रितिककुमार खड्कालाई दिइएको थियो । पछि यसलाई सच्च्याइएको छ र यसलाई आत्मघाती गोल नै मानिएको छ ।
मनाङले पोखरामा प्राप्त जितमा गरेको तेस्रो गोल लिगको सयौं गोल रह्यो र यो दिनेश राजवंशीको नाममा रह्यो । आठौं चरणमा कुल १३ गोल भए र यससँगै लिगमा भएको गोल संख्या १ सय ७ पुगेको छ ।
प्रतियोगितामा मछिन्द्रका सुनिल बल र मनाङका आफिज ओलावाले पाँच पाँच गोल गरेर शीर्ष स्थानमा छन् । उनीहरू गोल्डेन बलका लागि बलियो प्रत्यासी भएका छन् ।
अहिलेसम्म गोल गरेका खेलाडी यसप्रकार छन् ।
५ गोल – सुनिल बल (मछिन्द्र), आफिज आलावाले (मनाङ)
४ गोल – मार्टिन्स अजयी (सातदोबाटो), आषिश लामा (एपीएफ), बिकी तामाङ (एपीएफ)
३ गोल – निरज वस्नेत (संकटा), सुमन लामा (पुलिस), उत्तम राई (संकटा), मुताम्बा पिस्टोन (हिमालयन), अञ्जन विष्ट (मनाङ), दिनेश राजवंशी (मनाङ), मेसुके ओलुमोउ (एनआरटी), रुमेश बर्तौला (च्यासल), दिनेश राजवंशी (मनाङ)
२ गोल – दिनेश राई (बीबीसी), लक्ष्मण रुचाल (संकटा), दर्शन गुरुङ (एनआरटी), स्टेफन बिनोङ (एनआरटी), सुरेश कुमाल (हिमालयन), जर्ज प्रिन्स कार्की (आर्मी), नथालिया जुड (फ्रेन्ड्स), निकोलस फर्नान्डेज (जावलाखेल), विश्वास श्रेष्ठ (हिमालयन), सुशील राई (सातदोबाटो), दिनेश हेन्जन (आर्मी)
१ गोल – प्रकाश बुढाथोकी (फ्रेन्ड्स), प्रेजन तामाङ (फ्रेन्ड्स), जमोल फ्रान्सिस्को (फ्रेन्ड्स),
सुदीप गुरुङ (सातदोबाटो), त्रिदेव गुरुङ (हिमालयन), मनीष थापा (हिमालयन),
फोडे फोफाना (संकटा), जय गुरुङ (संकटा), अनन्त तामाङ (थ्री स्टार), निशान खड्का (थ्री स्टार), राफेल बिडियास (थ्री स्टार), मिक्छेन तामाङ (थ्री स्टार), आयुष घलान (थ्री स्टार), रितिक कुमार खड्का (थ्री स्टार), अन्सुमान क्रोमा (थ्री स्टार), दयानन्द सिंह (मनाङ), फ्रायन्कलिन कुएटे (मनाङ), निशान लिम्बू (मनाङ), एडिलाला सिमोडे (मनाङ), सुरज गुरुङ (बीबीसी), भुवन वस्नेत (बीबीसी), रोशन रानामगर (बीबीसी), विवेक वस्नेत (आर्मी), भरत खवास (आर्मी), जर्ज प्रिन्स कार्की (आर्मी), जगजित श्रेष्ठ (आर्मी)
सन्तोष हेमरुन (पुलिस), बुद्ध तामाङ (पुलिस), रंजित धिमाल (मछिन्द्र), नोर्लोन नोभ्रुजोभ (मछिन्द्र), विमल घर्मिमगर (मछिन्द्र), एरिक विष्ट (एनआरटी), दीपेश घले (एनआरटी), दिपेश लामा (एपीएफ), नवीन लामा (एपीएफ), दिपेश धिमाल (एपीएफ), नवीन लामा (एपीएफ)
आत्मघाती गोल– करण रावत (सातदोबाटो, एपीएफविरुद्ध), सीमान्त थापा (जावलाखेल, पुलिसविरुद्ध), रोनेल एन्थोनी पउल (फ्रेन्ड्स, मछिन्द्रविरुद्ध), अमृत श्रेष्ठ (हिमालयन, थ्री स्टारविरुद्ध)