काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजनको 'धिवेही प्रिमियर लिग' खेल्ने भएका छन् ।
कप्तान किरणले माजिया स्पोर्ट्स एण्ड रिक्रिएसम क्लबबाट माल्दिभ्सको शीर्ष डिभिजनको लिग खेल्ने भएका हुन् ।
माजिया सबिज विजेता समेत हो । यस्तै माजियाले यस वर्ष एएफसी कप खेल्दैछ ।
लिगका लागि किरण शुक्रबार माल्दिभ्स प्रस्थान गरेका छन् ।
कप्तान किरणले यस अघि पनि माल्दिभ्सको लिग खेलिसकेका छन् ।
किरणले २०१७ र १८ को सिजन टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको लिग खेलेका थिए।
किरण २०१८ को लिगमा उत्कृष्ट गोलकिपर चयन भएका थिए ।
माल्दिभ्सको नयाँ सिजनको लिग डिसेम्बरमा सुरु हुनेछ ।