एजेन्सी । ब्राजिलको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा साउदी अरेबियालाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा पुगेको हो ।
ब्राजिलको जितमा रिचार्लीसनले दुई गोल गरे । यस्तै म्याथुएसले एक गोल गरे ।
साउदीका अब्दुलाह अल अम्रीले एक गोल फर्काए ।
यस जितसँगै समूह 'डी' को ब्राजिलले ३ खेलमा ७ अंक जोड्यो । ब्राजिल समूह विजेता बन्दै अन्तिम आठमा पुगेको हो । अंक विहीन साउदी बाहिरिएको छ ।
यस समूहबाट आइभरी कोष्टले अन्तिम आठमा स्थान बनाएको छ । आइभरीले ५ अंक जोड्यो ।
बुधबार आइभरीले जर्मनीसँग १-१ गोलको बराबरी खेलेको छ ।
समूह 'बी' बाट दक्षिण कोरिया र न्युजिल्याण्डले अन्तिम आठमा स्थान बनाएका छन् ।