काठमाडौं । फुटबलमा त्यसै भनिएको होइन, पैसाले सफलता किन्न सकिन्न भनेर । डेविड बेकह्यामले भर्खरै सञ्चालनमा ल्याएको क्लब हो, इन्टर मियामी ।
बेकह्यामको यस क्लबलाई लिएर ठूलै महत्त्वकाक्षा रहेको छ । त्यसैले उनले खर्च पनि पर्याप्त गरेको छ ।
तर यही क्लबको प्रदर्शन सबैभन्दा कमजोर रहेको छ, मेजर लिग सकरमा । बेकह्यामले क्लबको प्रशिक्षकमा फिल नेफिललाई समेत नियुक्त गरेका थिए ।
म्यानचेस्टर युनाइटेडमा खेलाडी छँदा उनीहरू मिल्ने साथीमा पर्थे । उनीरूले एकै पल्ट फुटबल खेल्न सुरु गरेका पनि थिए ।
फ्लोरियाको यस फ्रान्चाइज टिमको प्रदर्शन यी सबै कारणका बावजुत पनि अहिलेसम्मकै सबैभन्दा खराब रहेको छ ।
बेकह्यामको यो क्लबमा वार्षिक तबल मात्रै एक करोड ६२ लाख अमेरिकी डलर पुग्ने गर्छ । यस्तोमा यो टोरोन्टो एफसी र एलए ग्यालेक्सी भन्दा पनि खर्चालु क्लब हो ।
क्लबले गोन्जाला हिगुएन र ब्लेसे मटुडी जस्ता खेलाडी पनि किनेको छ । तर मैदानमा मियामीले लगातार छ खेल गुमाइसकेको छ ।
यसमध्येको एक खेलमा मियामी न्यु इंग्ल्यान्ड रिभोलुसनको हातबाट ५–० ले पराजित पनि भएको थियो ।
तय छ, यो सबै कारणले बेकह्याम चर्को दबाबमा छन् ।
–मार्काको सहयोगमा ।