एजेन्सी । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।
ला लिगाले बुधबार सन् २०२१/२२ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।
ला लिगाले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन अगस्ट १४ मा १० खेल हुनेछन् ।
च्याम्पियन एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
रियल मड्रिडले पहिलो खेलमा अल्भेससँग उसैको मैदानमा खेल्नेछ ।
बार्सिलोनाले सिजनको पहिलो खेल रियल सोसिडाडसँग घरेलु मैदानमा खेल्नेछ ।
त्यस्तै सिजनको पहिलो एल क्लासिको भिडन्त अक्टोबरमा हुने भएको छ ।
बार्सिलोना र रियल मड्रिडबीचको पहिलो एल क्लासिको भिडन्त अक्टोबर २४ मा क्याम्प नाउमा हुनेछ ।
यस्तै सान्टियागो बर्नाबेउमा हुने दोस्रो एल क्लासिको भिडन्त मार्च २० मा हुनेछ ।