एजेन्सी । इंग्लिस क्लब लेष्टर सिटीले युवा स्ट्राइकर पाटसन डाकालाई अनुबन्धित गरेको छ ।
लेष्टरले अष्ट्रियन क्लब आरबी साल्जवर्गबाट स्ट्राइकर डाकालाई अनुबन्धित गरेको हो ।
२२ वर्षीय स्ट्राइकरले लेष्टरसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
जिम्बावेका स्ट्राइकरले अष्ट्रियन क्लबका लागि १ सय २५ खेलमा ६८ गोल गरेका छन् ।
चार सिजन साल्जवर्गमा बिताएका उनले अष्ट्रियन बुन्डेसलिगा सहित ७ उपाधि जितेका थिए ।
'म निकै उत्साहित छु । एक महान र इतिहास बोकेको क्लब मेरो सपना थियो । म खुसी छु,' सम्झौतापछि उनले भनेका छन् ।