एजेन्सी । च्याम्पियन टिम इन्टर मिलानले इटालियन सिरी 'ए' फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा सानदार जित निकालेको छ ।
आइतबार भएको खेलमा उडीनेजेलाई ५-१ गोल अन्तरले पराजित गर्दै इन्टरले सिजनको सुखद अन्त्य गरेको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन एस्ले योङ, क्रिस्टियन एरिक्सन,लाउटरो मार्टिनेज, इभान पेरिसिच र रोमेलु लुकाकुले एक एक गोल गरे ।
उडीनेजेका रोबर्टोले एक गोल फर्काए ।
अन्तिम खेलमा सानदार जित निकालेसँगै इन्टरले उपाधि ट्रफी समेत प्राप्त गरेको छ ।
यस जितसँगै इन्टरले च्याम्पियन बन्न ३८ खेलमा ९१ अंक जोड्यो ।
उडीनेजे ४० अंक जोडेर १४ औं स्थानमा रह्यो ।