एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको मैदानमा आर्सनललाई जित दिलाउन इमील स्मिथ रोवेले निर्णायक गोल गरे ।
आर्सनललाई जित दिलाउन इमीलले खेलको १६ औं मिनेटमा गोल गरेका हुन् ।
उनले पिएरे एम्रिक औबामियाङको पासलाई सदुपयोग गरेका थिए ।
यस जितसँगै आर्सनल लिगको आठौं स्थानमा उक्लिएको छ ।
आर्सनलले ३६ खेलमा ५५ अंक जोडेको छ ।
चेल्सी ६४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।