काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को पहिलो प्लेअफमा काठमाडौं रेजर्स एफसी र धनगढी एफसी भिड्दै छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने काठमाडौं र धनगढीबीचको खेल५:३० बजे सुरु हुनेछ ।
पहिलो प्लेअफ खेलका लागि काठमाडौं र धनगढीले सुरुवाती-११ सार्वजनिक गरेका छन् ।
काठमाडौं गोलकिपर विकेश कुथुको कप्तानीमा मैदान उत्रने छन् । धनगढीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् ।
काठमाडौं सुरुवाती-११ : विकेश कुथु, तेज तामाङ,आशिष गुरुङ, संजोक राई, छिरिङ गुरुङ, फ्लोरेन्ट कोएरा, स्टेफेन बिनोङ, मेसौके ओलोमोउ, सुदिल राई, विश्वास श्रेष्ठ, प्रिजेन तामाङ
धनगढी सुरुवाती-११ : विशाल राई, सौजन राई,निशान खड्का,अशोक खवास,दिनेश राजवंशी,किरण कुमार चेम्जोङ, फ्रान्कलिन कुइटे, पुजन उपरकोटी, दर्शन गुरुङ, ओलावाले आफिज, टंक बस्नेत