काठमाडौं । पहिलो पटक आयोजना भईरहेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को लिग चरणमा ७ टिमले प्रतिस्पर्धा गरेका थिए ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष ४ टिमले प्ले अफमा स्थान बनाएका छन् ।
प्रतियोगिताको प्ले अफ खेलहरु भोलि (मंगलबार) बाट सुरु हुँदैछ ।
पहिलो प्ले अफमा शीर्ष स्थानमा रहेको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
यस खेलको विजेता फाइनल पुग्नेछ । पराजित हुने टोलीले बिहीबार फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्नेछ ।
इलिमिनेटर खेल्ने अर्को टिम ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीच हुने दोस्रो प्ले अफको विजेता हुनेछ ।
प्ले अफको पूर्व सन्ध्यामा फ्रेन्चाइज टिमका प्रशिक्षक र कप्तानले टिमको तयारीबारे जानकारी दिएका छन् ।
प्रि-म्याच कन्फरेन्समा बोल्दै ४ टिमका प्रशिक्षक र कप्तानले मुख्य लक्ष्य फाइनल पुग्नु रहेको बताएका छन् ।
के भन्छन् कप्तान र प्रशिक्षक ?
काठमाडौं रेजर्स -
बाल गोपाल महर्जन (प्रशिक्षक)
पहिलो पटक भएको प्रतियोगितामा काठमाडौं शीर्ष स्थानमा रहेको छ । त्यसैले खेलाडीहरु मोटिभेट भएका छन् । डे बाई डे खेल राम्रो भएको छ । त्यसलाई निरन्तरता दिन्छौं ।
पहिलो खेललाई मध्यनजर गरेका छौँ। त्यसलाई ध्यान दिन्छौं । कुनै पनि हालतमा जित्न खेल्छौं ।
'ए' डिभिजन भन्दा एनएसएल व्यावसायिक छ । खेलाडीलाई अवसर र सुविधा छ । एन्फाको टेक्निकल सहयोग र दशरथ रंगशालामा खेल हुँदा राम्रो भएको हो ।
विकेश कुथु (कप्तान)
लिग सुखद भएको छ । प्ले अफ खेल्न तयार छौँ । आफ्नोतर्फबाट बेस्ट दिन्छौं । नयाँ जिम्मेवारी छ । कप्तान र गोलरक्षक खेल्नु नयाँ जिम्मेवारी हो । गोलकिपर मिस्टेक गर्यो सक्यो । कप्तानी हुँदा थप जिम्मेवारी हुन्छ । ट्राइब्रेकरमा जादा प्रेसर हुन्छ । टिमलाई माथिल्लो स्थानमा लैजानु पर्ने छ ।
धनगढी एफसी -
किरण चेम्जोङ (कप्तान)
प्रशिक्षकले भने जस्तै तयारीको समय छैन । मानसिक रुपमा टिम राम्रो छ । हामी जित्नको लागि खेल्छौ । सेमिफाइनलको लागि तयार छौं । लिग र नकआउटमा खेल फरक हुन्छ । खेल प्रतिस्पर्धात्मक हुन्छ । खेल कठिन हुन्छ ।
तोपे फुजा (प्रशिक्षक)
भोलीको खेलको लागि राम्रो तयारी छ ।
बुटवल लुम्बिनी एफसी -
उज्वल मानन्धर (गोलकिपर प्रशिक्षक)
तयारी राम्रो भएको छ । जितको लागि खेल्छौं । त्यहि अनुसारको तयारी छ । ललितपुरको अट्याक राम्रो छ ।
विराज महर्जन (कप्तान)
हाम्रो टिम राम्रो छ । अभ्यास सेसन राम्रो भएको छ । टिममा चोटको समस्या छैन । प्रशिक्षकको निर्देशन राम्रो छ । हाम्रो टिमको स्कोर आएको छैन । स्ट्राइकरलाई विशेष ध्यान दिएका छौँ । खेल प्रतिस्पर्धात्मक हुनेछ । कप्तानको जिम्मेवारी मलाई दिनु भएको छ । म पूरा गर्छु ।
ललितपुर सिटी एफसी -
राजु तामाङ (प्रशिक्षक)
हामी उत्साहित छौँ । कठिन अवस्थाबाट प्ले अफमा पुगेको भएर बाँकी खेलमा राम्रो नतिजा ल्याउने सोचेका छौँ । टिमको मनोबल उच्च छ । अन्य टिम भन्दा राम्रो गर्नेछौँ।
पक्कै पनि अप्ठ्यारो अवस्थामा टिम राम्रो बुस्टअप भएको छ । अब दबाब बिना खेल्छौं । अब मौका छ । ललितपुरको लोगो लाखे जगाउने समय आएको छ । लाखे जागे अन्य टोलीलाई गार्हो हुन्छ ।
अन्जन विष्ट (कप्तान)
आशा गरौँ पछिल्लो खेल भन्दा राम्रो खेल हुनेछ । स्टेप बाई स्टेप राम्रो कोचको प्लान छ ।
सुरुबाट नै बेस्ट दिने प्रयास थियो । भाग्यले साथ नदिएको हुनपर्छ । अन्तिम दुई जितले प्ले अफमा पुग्यौं । सुरुबाटै हाम्रो खेल्ने शैली एउटै छ । टिमले जितेकोमा मोटिभेट हुन्छ ।