काठमाडौं । पोखरा थण्डर्सका सहायक प्रशिक्षक राजेश शाहीले सोचेअनुसार खेल्न नसक्दा धनगढी एफसीसँग पराजित भएको बताएका छन् ।
पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार पोखरा धनगढीसँग १-० गोल अन्तरले पराजित भएको थियो ।
'हामीले सोचे अनुसार खेल्न सकेनौ । खेल पहिलेको जस्तै भयो । हामीसँग स्कोरमा कमजोरी थियो आजको खेलमा पनि त्यहिँ भयो,' खेलपछि शाहीले भने ।
धनगढीसँग पराजित भएपछि पोखराको प्लेअफ सम्भावना कमजोर बनेको छ ।
पोखरा ५ खेलमा ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्रशिक्षक शाहीले खेलाडीले प्रशिक्षणमा सिकेको कुरा लागु नगरेको बताए ।
'हामीले अभ्यासमा सिकाएका थियौं । हतारिएर प्रहार नगर्नु भनेका थियौं । आज त्यहिँ गरे । नवयुगले पनि केही प्रहार हतारमा गरे,' उनले भने, 'विदेशी खेलाडीले सोचे जस्तो खेल्न सकेनन् । म मौसाको प्रदर्शनबाट खुसी छैन ।'
प्रशिक्षक शाहीले पहिलो हाफको तुलनामा दोस्रो हाफमा टिमले राम्रो खेलेको समेत बताए ।
हेर्नुस भिडियाे :