एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शीर्ष स्थानको म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
म्यानचेस्टर डर्बी भिडन्त सिटीको घरेलु मैदानमा हुनेछ । डर्बी भिडन्त राति नेपाली समय अनुसार १०:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा सिटी जित निकाल्दै उपाधि होड बलियो बनाउन चाहन्छ ।
युनाईटेड भने सिटीलाई हराएर उपाधिको आशा कायम राख्न चाहन्छ ।
त्यसैले डर्बी भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।
सिटी २७ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
तेस्रो स्थानको युनाईटेडको ५१ अंक रहेको छ ।
युनाईटेडविरुद्ध सिटीका डिफेन्डर एके नाथनले खेल्ने सम्भावना रहेको छ ।
चोट मुक्त हुँदै उनी टिमको प्रशिक्षणमा सहभागी भईसकेका छन् ।
यस्तै इल्के गुन्डुगान र जोन्स स्टोन्स पनि पूर्ण फिट भईसकेका छन् ।
युनाईटेडले गोलकिपर डीन हेण्डरसनलाई पहिलो रोजाईमा खेलाउने छ ।
डेभिड डी गिया स्पेनमा रहेका छन् ।
प्रिमियर लिग अन्तर्गत नै लिभरपुलले फुलहमसँग घरेलु मैदानमा खेल्नेछ ।
यस्तै टोटेनहमले क्रिस्टल प्यालेससँग खेल्दा न्युकासलले वेस्ट ब्रुमसँग खेल्नेछ ।