एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा बर्मिंघम सिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै सिटीले चौंथो चरणको यात्रा तय गरेको हो ।
सिटीको जितमा बेर्नार्डो सिल्भाले दुई गोल गरे । यस्तै फिल फोडेनले एक गोल थपे ।
खेलको आठौं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
खेलको १५ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ३३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलिया ३-० को जित दिलाए ।
लिड्स भने क्रलेसँग ३-० ले पराजित हुँदै तेस्रो चरणबाट बाहिरिएको छ ।
ब्रिस्टोलले पोर्ट्समाउथलाई २-१ ले हराएर चौंथो चरणमा स्थान बनाएको छ ।