चितवन । नयाँ वस्ती र बुद्ध एफसीले चितवनको नारायणीमा सुरु सेभेन 'ए' साइट फुटबलमा विजयी सुरुवात गरेका छन् ।
नारायणी नदि किनारमा आइतबार भएको खेलमा नयाँ वस्तीले गोर्खाली एफसीलाई टाइब्रेकरमा ३-२ ले पराजित गर्यो ।
अर्को खेलमा बुद्ध एफसीले गैदखोलालाई २-१ ले पराजित गर्यो ।
भरतपुर-९ ले यात्रा एफसीलाई १-०ले पराजित गर्दा बसन्तपुरले धोदेनी एफसीलाई टाइब्रेकरमा ४-३ ले हराएको छ ।
त्यस्तै रामनगर एफसीले गीतानगर एफसीलाई २-१ ले हराएको छ ।
चितवन बाम्बो लज एभरग्रीन एफसीले गाडुवा एफसीलाई २-१ ले हराएको छ ।
नारायणी एकता क्लबको आयोजनामा जारी प्रतियोगिता माघ २ सम्म चल्नेछ ।
प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ४० हजार प्राप्त गर्दा उपविजेताले २० हजार पाउने छन् ।