एजेन्सी । उरुग्वेका खेलाडी संघले फरवार्ड एडिन्सन काभानीमाथि लागेको प्रतिबन्ध खारेज गर्न माग गरेका छन् ।
खेलाडीले संघले उरुग्वे फुटबल एसोसियसनसँग प्रतिबन्ध खारेज गर्न माग गरेको हो ।
उरुग्वे फुटबल एसोसियसनले काभानीलाई तीन खेलको प्रतिबन्ध सहित आर्थिक जरिवाना गरेको थियो ।
सामाजिक सञ्जालमा आपत्तीजनक शब्द पोस्ट गरेको भन्दै काभानीलाई प्रतिबन्ध सहित १ मिलियन पाउण्ड आर्थिक जरिवाना गरिएको थियो ।
म्यानचेस्टर युनाईटेडका ३३ वर्षीय फरवार्डले अपमानजनक र अनुचित शब्द प्रयोग गरेको आरोप एसोसियसनको छ ।
काभानीले गत नोभेम्बर २९ मा साउथह्याम्टनविरुद्ध गोल गरेपछि सामाजिक सञ्जालमा एक आपत्तीजनक पोस्ट गरेका थिए ।
विवादमा आएपछि काभानीले पोस्टलाई हटाएर माफी समेत मागेका थिए ।
यस्तै प्रतिबन्धबारे एसोसियसनले समेत पुनर्विचार गर्ने जनाएको छ ।