एजेन्सी । फिफाले सन् २०२१ मा आयोजना हुने यु–१७ र यु–२० विश्वकप रद्ध गर्ने निर्णय गरेको छ ।
कोरोनाको कारण देखाउँदै फिफाले बिहिबार उमेर समुहका दुई ठुला प्रतियोगिता रद्ध गर्ने निर्णय लिएको हो ।
यु–१७ विश्वकप पेरु र यु–२० विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो ।
फिफाले दुवै देशले सोही प्रतियोगिता सन् २०२३ मा आयोजना गर्ने जानकारी दिएको छ ।
‘कोभिड–१९ महामारीले अन्तराष्ट्रिय खेल आयोजनाका लागि चुनौती दिएको छ । र अन्तराष्ट्रिय यात्रामाथि प्रतिबन्धको अवस्था सिर्जना गरेको छ ।’ फिफाले भनेको छ, ‘फिफाले यस विषयमा नियमित रुपमा परामर्श गरेको छ । जसमा सन् २०२१ मा हुने दुवै प्रतियोगितामा सहभागी संघ सहभागी छन् ।’
‘वर्तमान विश्व अवस्था अनुसार दुवै प्रतियोगिता आयोजना गर्न चुनौती देखिएको छ ।’ फिफाले भनेको छ ।