काठमाडौँ। करिब डेढ महिनापछि सिनियर टोलीमा टी–२० क्रिकेट खेल्न फर्किएका मध्यक्रमका आरिफ शेख ३ रनमै पेभिलियन फर्किएका छन्।
उनले अन्तिम पटक गत मार्च १३ मा हङकङमा पपुवा न्यू गिनीविरुद्ध सिनियर टोलीबाट टी–२०आई क्रिकेट खेलेका थिए।
त्यसयता सिनियर टोलीबाट ‘ड्रप’ भएका आरिफले गत अप्रिलमा घरेलु मैदानमा सम्पन्न आयरल्यान्ड ‘ए’ विरुद्धको एक दिवसीय (ओडी) शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए।
नेपाल ‘ए’ टोलीबाट खेलेका उनले उक्त शृंखलाका ३ खेलबाट १ अर्धशतकसहित १५६ रन बनाएर सिनियर टोलीमा पुनरागमन गरेका थिए।
तर, शुरूआती दुई खेलमा बेन्चमा रहेका आरिफले पाएको मौकालाई सदुपयोग गर्न सकेनन्। ६ बल खेलेका उनी हेडेन वाल्शको बलमा एलिक एथानाजेबाट क्याच आउट भए।