काठमाडौँ। खराब लयका बाबजुद वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा पनि मौका पाएका अनिलकुमार साह फेरि सस्तैमा आउट भएका छन्।
ओपनिङमा आएका विनोद भण्डारी १९ रनमा क्याच आउट भएपछि तेस्रो नम्बरमा अनिल कृजमा आएका थिए। तर, १० बल खेलेक अनिल २ छक्का प्रहार गर्दै १४ रन बनाएर पेभिलियन फर्किए।
पहिलो खेलमा ९ बलमा ५ रन बनाएका उनी म्याथ्यू फोर्डेको बलमा कादिम एलीनबाट क्याच आउट भएका थिए।
दोस्रो खेलमा भने उनले ५ बलमा १ रन मात्रै बनाउन सके। ओशान थोमसको बललाई प्रहार गर्नेक्रममा उनी विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट भए।
तेस्रो खेलमा पनि उनी क्याच आउट नै भए। गुडाकेश मोटीको बलमा उनी कप्तान रोस्टन चेजबाट क्याच आउट भएका हुन्।