काठमाडौँ। ‘पावर हिटर’ कुशल मल्ल वेस्ट इन्डिज ‘ए’ विरुद्धको तीन वटै खेलमा ‘फ्लप’ भएका छन्।
पहिलो खेलमा उनले १५ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाएका थिए। उक्त खेलमा उनी जोनसन चार्ल्स र फ्लेचरबाट रन आउट भएका थिए।
दोस्रो खेलमा भने उनले खाता खोल्न सकेनन्। एक बल खेलेका उनी विकेटकिपर आन्द्रे फ्लेचर र केसी कार्थीबाट रन आउट भएका थिए।
तेस्रो खेलमा भने ११ बलमा २ चौका र र १ छक्का प्रहार गर्दै २० रन बनाएर उनी पेभिलियन फर्किए। हेडेन वाल्शको बलमा उनी जोशुआ बिशपबाट क्याच आउट भए।
३ इनिङ्स खेलेका उनले १२ को औसत र १३३.३३ को स्ट्राइक रेटमा मात्र ३६ रन मात्रै बनाउन सके।