एजेन्सी । डिएगो म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।
विश्व फुटबलको महान खेलाडी मानिने म्यारोडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाईने भएको छ ।
विश्व फुटबलका महान खेलाडी म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको थियो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार म्यारोडोनाको ह्दय घातका कारण निधन भएको हो । उनलाई घरमै रहेको समय ह्दयघात भएको हो ।
लामो समयदेखि म्यारोडोना कोकिनको लत र मोटोपनबाट जुधिरहेका थिए । दुई हप्ता अघि मात्र उनको मस्तिस्कको शल्यक्रिया गर्नुपरेको थियो ।
मस्तिस्कको सल्यक्रियाको ८ दिन पछि म्यारोडोनालाई अस्पतालबाट छुट्टी मिलेको थियो । उनी घरमै आराम गरिरहेका थिए । चिकित्सकले थोरैमात्र रक्सी उनका लागि घातक हुन सक्ने बताएका थिए ।
चिकित्सकले उनलाई परिवारसंग समय बिताएर नकारात्मक चिजबाट टाढा रहन आग्रह गरेका थिए । उनले अक्टोबर ३० मा आफ्नो ६० औं जन्म दिन मनाएका थिए ।
फिफाका चार विश्वकप खेलिसकेका म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप जिताएका थिए ।
याे पनि, असाधारण खेलाडी, विवादित जिवनशैली