• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, माघ ४, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
असाधारण खेलाडी, विवादित जिवनशैली
64x64
बिहिवार, मंसिर ११, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । उनी उद्भुत थिए, असाधारण पनि । उनी थिए, डिएगो म्याराेडोना ।

उनी फुटबलका सबैभन्दा प्रतिभाशाली खेलाडी मध्य एक थिए । अर्जेन्टिनी म्याराेडोनासंग प्रतिभा, नजर र गतिको भण्डारनै थियो । जसबाट उनी आफ्ना प्रशंसकलाई मन्त्रमुग्ध गर्दर्थे ।

उनले आफ्नो विवादीत कदमबाट आफ्ना प्रशंसकलाई दुखी पनि बनाए । रिस पनि दिए ।

म्याराेडोनाले आफ्नो विवादीत ‘हेन्ड अफ गड्स’ गोलबाट सबैलाई चकित बनाए भने मैदान बाहिर ड्रग्स र नसालु पदार्थ लिने क्रममा पक्राउ पनि परे ।

उनको जन्म ६० वर्ष पहिले अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको गरिब बस्तीमा भएको थियो । आफ्नो गरिबीसंग लड्दै युवा अवस्थासम्म उनी फुटबलका सुपरस्टार बनिसकेका थिए । केही मानिस उनलाई ब्राजिली महान खेलाडी पेले भन्दा पनि शानदार खेलाडी मान्छन् ।

म्याराेडोनाले कुल ४ सय ९१ खेलमा २ सय ५९ गोल गरेका छन् । एक सर्वेक्षणमा उनले पेलेलाई पछि पार्दै २० औं शताब्दिको सबैभन्दा महान फुटबलरको उपाधि आफ्नो नाममा लेखाएका छन् ।

यसपछि फिफाले मतको नियम परिवर्तन गर्दै दुवै खेलाडीलाई सम्मानित गरेको थियो ।

म्याराेडोना विलक्षण प्रतिभाका धनी थिए । सानैदेखि सबैको नजरमा आउन थालेका थिए । उनले १६ वर्षको उमेरमै अन्तराष्ट्रिय फुटबलमा पाईला राखे ।

होचो कद, मोटो शरिर, मात्र ५ फिट ५ इन्चको उचाई वाला म्याराेडोना कुनै सामान्य खेलाडी थिएनन् ।

म्याराेडोनासंग चतुराई, गति, तिक्ष्ण नजर, फुटबललाई आफुसंग राख्ने क्षमता र ड्रिब्लिङ्ग जस्ता विशेष गुण थिए ।

म्याराेडोनाले अर्जेन्टिनाका लागि कुल ९१ खेल खेले र कुल ३४ गोल गरे । तर उतार चढावले भरिएको उनको अन्तराष्ट्रिय करियरमा यो एक हिस्सा थियो ।

उनले अर्जेन्टिनालाई सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपको उपाधि जिताएका थिए । चार पटक प्रतियोगिताको फाईनलसम्म पुर्याए ।

सन् १९८६ को विश्वकपको क्वार्टरफाईनलमा म्याराेडोनाले केही यस्तो गरे, जसको चर्चा सधै हुनेछ ।

क्वार्टरफाईनलको खेल अर्जेन्टिना र इङ्ल्याण्डबीच रहेको थियो । दुवै देशबीच खेल अघिनै तनावपूर्ण थियो । किनकी ईङ्ल्याण्ड र अर्जेन्टिनाबीच चार वर्ष अघिमात्र फकल्याण्डको युद्ध भएको थियो ।

सन् १९८६ जुन २२ मा सास समेत रोक्ने खालको रोमाञ्चक खेलको ५१ मिनेट बितेको थियो । जसमा दुवै टिमबाट गोल हुन पाएको थिएन ।

यस समय म्याराेडोना विपक्षी टिमका गोलकिपर पिटर सिल्टनतिर अघि बढे र आफ्नो हातले फुटबललाई नेटभित्र हालिदिए । हातले छोएपछि गोल विवादमा आएको थियो ।

फुटबलको नियम अनुसार हातले छोएका कारण यो ‘फल’ मानिन्थ्यो । यसका लागि म्याराेडोनालाई पहेलो कार्ड देखाउनुपर्दथ्यो ।

तर त्यो समय भिडियो सहायता प्रविधि थिएन । रेफ्रीले यस गोललाई ठिकसंग देख्न पाएनन् । त्यसैले यसलाई गोल मानियो । योसंगै अर्जेन्टिना खेलमा १–० ले अघि बढ्यो ।

खेलपछि म्याराेडोनाले त्यो गोललाई थोरै आफ्नो टाउको र थोरै भगवानको हातबाट गरिएको बताएका थिए । यसपछि फुटबलको ईतिहासमा यस घटनालाई सधै ‘हेन्ड अफ गर्ड’को रुपमा लिईने गरिन्छ ।

यस विवादीत गोल गरेको चार मिनेटपछि म्याराेडोनाले केही यस्तो गरे, जसलाई ‘गोल अफ द सेन्चुरी’ अर्थात सताब्दिकै गोल मानिन्छ ।

उनले फुटबललाई ईङ्ल्याण्ड टिमका ५ खेलाडी र अन्तिमका गोलकिपर सिल्टनलाई समेत बिट गर्दै पोस्टको दिशा दिएका थिए ।

यस खेलको बारेमा म्याराेडोनाले भनेका थिए, ‘यो खेल जित्नु भन्दा यसको उद्धेश्य ईङ्ल्याण्डलाई विश्वकपबाट बाहिर गर्नुथियो ।’

ड्रग्स र रक्समा फसेका हिरो

म्याराेडोना बार्सिलोना र नापोली जस्ता चर्चित फुटबल क्लबका लागि खेलेका थिए । यिनी क्लबका हिरा मानिएका थिए । सन् १९८२ मा तीन मिलियन पाउण्डमा स्पेनको फुटबल क्लब र दुई वर्षपछि उनी ५ मिलियन पाउण्डमा ईटालीको क्लब नापोलीमा आबद्ध भएका थिए ।

जब म्याराेडोना हेलिकप्टरमा ईटालीको सान पाओलो स्टेडियम पुगेका थिए, त्यहाँ ८० हजार भन्दा बढी प्रशंसक आफ्ना स्टारलाई स्वागत गर्नका लागि उपस्थित थिए ।

उनले आफ्नो करियरको सबैभन्दा राम्रो फुटबल ईटालीमा खेले र उनलाई ईटालीका प्रशंसकबाट धेरै लोकप्रियता समेत मिल्यो ।

ईटालीमा म्याराेडोनालाई धेरै सम्मान मिल्यो । तर उनी यसबाट दिक्क भईसकेका थिए । एक पटक उनले भने, ‘यो निकै शानदार स्थान छ । त म यहाँ मुस्किलले सास लिन पाउँछु । म स्वतन्त्र भएर, बिना मतलब यता उता घुम्न चाहन्छु । म कुनै आम मानिस जस्तै हुँ ।’

यस बीचमा उनी कोकीनको लतमा गए । उनको नाम ईटालीको कुख्यात माफिया संगठन कैमोरासंग जोडिएको थियो ।

सन् १९९१ मा म्याराेडोनाको एक डोपिङ परिक्षणमा पोजेटिभ आएको थियो । उनलाई १५ महिना फुटबलबाट प्रतिबन्ध गरिएको थियो ।

यसपछि सन् १९९४ मा अमेरिकामा भएको फुटबल विश्वकपमा म्याराडोनालाई प्रतिबन्धित ड्रग एन्फेड्रिन लिएको पाईएको थियो । प्रतियोगिताको बिचैमा उनलाई प्रतिबन्ध लगाईएको थियो ।

सन्यासपछिको जिन्दगी

तेस्रो पटक पोजेटिभ पाईएपछि म्याराडोनाले आफ्नो ३७ औं जन्म दिनमा व्यवसायीक फुटबलबाट सन्यास लिएका थिए । तरपनि विवाद र समस्याले उनलाई छाडेन ।

म्याराेडोनाले एक पटक पत्रकारलाई एयर राइफलबाट गोल समेत चलाए, जसबाट उनलाई दुई वर्ष १० महिनाको जेल सजाय सुनाईएको थियो ।

कोकीन र रक्सीको लतका कारण उनको स्वास्थ्यसंग जोडिएका धेरै समस्या आएका थिए । उनको तौल समेत निकै बढेको थियो । एक समय उनी १ सय २८ किलोसम्म पुगेका थिए । सन् २००४ मा उनलाई ह्दयघात भएको थियो, जसबाट उनी आईसीयूमा भर्ना हुन परेको थियो ।

मोटोपन घटाउनका लागि म्याराेडोनाले सल्यक्रिया समेत गर्न परेको थियो । यति मात्र नभएर ड्रग्सको लतबाट छुटकारा पाउनका लागि सहयोग समेत लिन परेको थियो ।

यि सबै विवाद र समस्याका बाबजुत म्याराेडोना सन् २००८ मा अर्जेन्टिनी फुटबल टिमको म्यानेजर बने । म्यानेजरको रुपमा उनलाई अरु धेरै भूमिका पनि मिल्यो ।

जसलाई लिएर मानिसहरु बीच मतान्तर समेत रह्यो । उनी विभिन्न कारणले चर्चामा भने रहि रहे ।

एक पटक कुकुरले उनलाई ओठमा टोकिदिएको थियो, जसका कारण उनलाई सल्यक्रिया समेत गर्न परेको थियो । म्याराेडोनाले विवाहपछि बनेको सम्बन्धका कारण जन्मिएका छोरा डिएगो अरमान्डो जुनियरलाई सार्वजनीक रुपमा स्विकार गरेका थिए ।

सन् २०१८ मा विश्वकप फुटबलमा अर्जेन्टिना र नाईजेरियाबीचको खेलको दौरान म्याराेडोनाको एक फोटो भाईरल बन्यो, यसबाट उनको अवस्था निकै बिग्रिएको देखिएको थियो ।

रुसमा उनले एक नाईजेरियाका प्रशंसकसंग डान्स गरेका थिए । खेल सुरु हुनु अघि आकाशतर्फ हेर्दै प्रार्थना गरे । मेस्सीको गोलमा खुसी मनाएका थिए । म्याचको दौरान उनी सुत्न पुगेका थिए र अर्जेन्टिनाले दोस्रो गोल गर्ने बित्तिकै बिचको औलाले 'सल्युट' गरेका थिए ।

केही रिपोर्टका अनुसार म्याराेडोनाले जिन्दगीको अन्तिम वर्षमा आफ्नो जिवनशैली सुधार गर्नका लागि उपचार गरिरहेका थिए । ह्दयघातकै कारण उनले बुधबार प्राण त्याग गरे ।

-बीबीसीबाट अनुवाद 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिखित अनुमति बिना मिडियामा बोल्न राेक !
विश्व खेलकुद २०२१ का प्रमुख ठूला आकर्षण
विश्व खेलकुद : सन् २०२० लाई फर्केर हेर्दा
खेलकुदमा ओलीको शक्ति कति ?
अब कमरेड सिलवाल !
भलिबलसंग अरुणाको पहिलो प्रेम
  • ताजा समाचार
  • खेल आज
बोधितलाई बुटवल ओपनको उपाधि
बराबरीमा रोकियो डर्टमण्ड
रत्नलाई हराउँदै प्रिन्स फाइनलमा
आयोजक जयकिसान ‘ए’ सेमिफाइनलमा
घरेलु मैदानमा उल्भ्स पराजित
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP