काठमाडौं । काभ्रे जिल्ला फुटबल संघले काभ्रे जिल्लाका फुटबल खेलाडीको कोरोना बिमा गरेको छ ।
संघले खेलाडीसहित, प्रशिक्षक, रेफ्री, अफिसियल र पदाधिकारी गरी १ सय ७७ जनाको कोरोना बिमा गरिएको जनाएको छ ।
संघले बुधबार जिल्ला संघ अन्तर्गत रहेको १३ क्लबसँगको सहकार्यमा खेलाडीसहित अन्यको बिमा गरिएको सामाजिक संजाल फेसबुकबाट जानकारी गराएको छ ।
खेलाडीसहित सबैको एक लाख बराबरको बिमा युनाइटेड इन्सोरेन्सबाट गरिएको हो ।
काभ्रे फुटबल खेलाडीको कोरोना बिमा गर्ने पहिलो जिल्ला हो ।
यस अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीको कोरोना बिमा गरेको थियो ।