एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर एन्जेलिनो थप एक सिजन आरबी लाइपजिगमै बस्ने भएका छन् ।
स्पेनिस डिफेन्डर एन्जेलिनो गत जनवरीको अन्त्यमा सिटीबाट लोनमा जर्मन क्लब आएका थिए ।
लाइपजिगमा आधा सिजन बिताउदा एन्जेलिनोले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसको कारण लाइपजिगले एन्जेलिनोलाई थप एक सिजन लोनमा क्लबमै राख्ने निर्णय गरेको हो ।
सिटीले उनलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि लाइपजिगलाई विकल्प समेत दिएको छ ।
२३ वर्षीय लेफ्ट ब्याकले गत सिजन लाइपजिगका लागि १८ खेल खेलेका थिए । उनले १३ लिग खेलमा १ गोल समेत गरेका थिए ।
सन् २०१४ मा सिटी आएका एन्जेलिनोले अधिकास सिजन लोनमा खेल्दै आएका छन् ।
गत सिजन जर्मनी आउनु अघि उनले सिटीका लागि १२ खेल खेलेका थिए ।