एजेन्सी । प्रिमियर लिग क्लब एभर्टनले मिडफिल्डर अब्दुलाय डुकोरेलाई अनुबन्ध गरेको छ ।
एभर्टनले मिडफिल्डर डुकोरेलाई वाट्फोर्डबाट अनुबन्ध गरेको हो ।
मिडफिल्डर डुकोरेले एभर्टनसँग ३ वर्षको सम्झौता गरेका छन् । एभर्टनमा उनले १६ नम्बरको जर्सी लगाउने छन् ।
वाट्फोर्ड च्याम्पियनसिपमा घटुवा भएपछि डुकोरेले क्लब छाडेका हुन् ।
वाट्फोर्डमा चार सिजन रहदा डुकोरेले १ सय २९ खेलमा १७ गोल गरेका थिए ।
फ्रान्समा जन्मिएका डुकोरेले फ्रान्सको यू-२१ टोलीबाट खेलेका छन् ।
तर, डुकोरेले अहिले अफ्रिकन राष्ट्र मालीको राष्ट्रिय टिमका लागि खेल्न योग्य भएका छन् ।