एजेन्सी । प्रिमियर लिग क्लब सेफिल्ड युनाइटेडले डिफेन्डर इथान अम्पाडुलाई लोनमा अनुबन्ध गरेको छ ।
सेफिल्डले चेल्सीका डिफेन्डर अम्पाडुलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
वेल्सका डिफेन्डर अम्पाडुले गत सिजन जर्मन क्लब आरबी लाइपजिगबाट खेलेका थिए ।
तर, १९ वर्षीय डिफेन्डरले जर्मन क्लबमा मात्र ३ खेल खेल्न पाएका थिए ।
सेफिल्डले अन्य दुई डिफेन्डर म्याक्स लोवे र जेडेन बोगललाई पनि अनुबन्ध गरेको छ ।
सेफिल्डले डिफेन्डर म्याक्स लोवे र जेडेन बोगललाई पनि अनुबन्ध गरेको छ ।
सेफिल्डले दुबैलाई च्याम्पियनसिप कप डर्बी काउन्टीबाट अनुबन्ध गरेको हो ।
म्याक्स र जेडेनले सेफिल्डसँग चार वर्षको सम्झौता गरेका छन् ।
गत सिजन च्याम्पियनसिपमा म्याक्सले २९ र जेडेनले ३७ खेल खेलेका थिए ।