एजेन्सी । इर्लिङ हाल्याण्ड प्रेरित नर्वेले नेसन्स लिग फुटबलमा नर्दन आयरल्याण्डमाथि शानदार जित निकालेको छ ।
सोमबार राति वाइन्डर पार्कमा भएको खेलमा नर्वेले नर्दन आयरल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो ।
नर्वेको जितमा हाल्याण्डले दुई गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए ।
मोहम्मद एलौयोनौसीले खेलकाे दोस्रो मिनेटमा नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पेड्डी मेकनेयरले त्यसको तीन मिनेटपछि घरेलु टोली नर्दन आयरल्याण्डका लागि बराबरी गोल फर्काएका थिए ।
सातौं मिनेटमा हाल्याण्डले नर्वेलाई २–१ ले अघि बढाएका थिए ।
१९ औं मिनेटमा क्रिस्टल प्यालेसका फरवार्ड अलेक्जेन्डर सोरलाथले नर्वेलाई ३–१ को अग्रता दिलाए ।
दोस्रो हाफको दोस्रो मिनेटमै हाल्याण्डको क्रसलाई सदुपयोग गर्दै अलेक्जेन्डरले नर्वेको अग्रतालाई फराकिलो पारे ।
हाल्याण्डले ५८ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ५–१ को शानदार जित दिलाए ।
नर्दन आयरल्याण्डले पहिलो खेलमा रोमानियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । हाल्याण्डको गोलका बाबजुत नर्वे भने लिग चरणकाे पहिलाे खेलमा अष्ट्रियासंग पराजित बनेको थियो ।
सोही समूहको अर्को खेलमा रोमानियाले अष्ट्रियालाई ३–२ ले पराजित गर्यो ।
समूह इमा रोमानिया २ खेलबाट ४ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लियो । दोस्रो स्थानको नर्वे र अष्ट्रियाको समान ३ अंक छ । नर्दन आयरल्याण्ड १ अंक सहित चौथो स्थानमा छ ।