एजेन्सी । अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले फ्रान्सका मिडफिल्डर ब्लेस माटुइडीलाई अनुबन्ध गरेको छ ।
इंग्ल्यान्डका पूर्व स्टार डेभिड बेकह्यामको क्लब मियामीले इटालियन क्लब युभेन्ट्सबाट माटुइडीलाई अनुबन्ध गरेको हो ।
मियामीले बिहीबार सामाजिक संजालबाट माटुइडी अनुबन्ध गरेको जनाएको छ । तर, थप विषयबारे भने केहि खुलाएको छैन ।
३३ वर्षे माटुइडीले पछिल्लो सिजन सबै प्रतियोगितामा ४५ खेल खेलेका थिए । उनले क्लबका लागि भने कुल १ सय ३३ खेल खेलेका छन् ।
माटुइडीलाई युभेन्ट्सले सन् २०१७ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट अनुबन्ध गरेको थियो ।
युभेन्ट्सबाट माटुइडीले सिरी 'ए' सहित कोपा इटालिया र सुपर कोपा इटालियाको उपाधि जितेका थिए ।