एजेन्सी । सिरि ए क्लब नापोलीले ईडिन्सन काभानीलाई ईटाली फर्काउन प्रस्ताव गर्ने तयारी गरेको छ ।
नापोलीले सान पाउलो फर्काउने उद्वेश्य सहित काभानीलाई ६ मिलिनय पाउण्डको बार्षिक प्रस्ताव अघि बढाउने तयारी गरेको हो ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड काभानीको क्लबसंगको सम्झौता सिजनको अन्त्यसंगै सकिदैछ ।
उरुग्वेका अन्तराष्ट्रिय फरवार्ड लिग वानमा मुख्य प्रशिक्षक थोमस टुचेलेको प्राथमिकता बाहिर रहदै आएका छन् ।
सोही कारण उनी नापोली फर्कन सक्नेछन् । उनी सन् २०१३ मा नापोलीबाट ५८ मिलियन पाउण्डमा पीएसजी पुगेका थिए ।
फ्रान्सेली क्लबका लागि उनले ३ सय १ खेलमा २ सय गोल गर्न सफल रहे ।
नापोलीमा रहदाँ उनले १ सय ३४ खेलमा १ सय ४ गोल गरेका थिए । उनले सन् २०१२ मा नापोलीबाट कोपा ईटालिया समेत जितेका थिए ।
सिरि ए क्लबबाट लोनमा पीएसजी पुगेका मौरो इकार्डीले यस सिजन ३१ खेलमा २० गोल गरेपछि काभानी छायाँमा पर्दै आएका छन् ।
काभानीले पीएसजीसंग नयाँ सम्झौता गरेका छैनन् । सोही कारण उरुग्वेका फरवार्डलाई क्लबमा फर्काउन सकिने नापोलीको विश्वास रहेको छ ।
काभानीले यस सिजन पीएसजीमा खराब समय बिताए । उनले लिग वानमा मात्र चार गोल गर्न सके ।
उनी पछिल्लो समय एमएलएस लिगमा समेत जोडिएका छन् । डेबिड ब्याकह्यामको ईन्टर मियामी काभानीको सम्भावित गन्तव्यको रुपमा हेरिएको छ ।
अर्जेन्टिनी क्लब बोका जुनियर्सले समेत काभानीलाई अनुबन्धनमा ईच्छा देखाएको थियो । तर उनको महङ्गो पारिश्रमिकका कारण अर्जेन्टिनी क्लबमा काभानी जान असम्भव मानिएको छ ।
काभानी पीएसजीका सर्वाधिक गोलकर्ता हुन् । उनले क्लबका लागि सर्वाधिक २ सय गोल गरेका छन् ।