• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सिमित बजेटले काम गर्न सकिएन – खेलकुदमन्त्री
खेलपाटी संवाददाता
शनिबार, असार ७, २०७६ खेलपाटी संवाददाता
सिमित बजेटले काम गर्न सकिएन – खेलकुदमन्त्री

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सिमित श्रोत र साधनले युवा र खेलकुदको क्षेत्रमा काम गर्न नसकिएको बताएका छन् ।

संसदमा बजेटमाथी उठेका प्रश्नको जवाफ दिदै मन्त्री विश्वकर्माले सिमित श्रोत र साधानका कारण खेलक्षेत्रमा पर्याप्त काम गर्न नसकिएको बताए ।

‘कुल बजेटको ० दशमवल २६ प्रतिशत मात्र युवा तथा खेलकुदमा विनियोजन भएको छ । जसले गर्दा सबैका योजना उपयुक्त र आवश्यक हुदाँ समेत बजेटमा समावेश गर्न सकिएन ।’ उनले भने, ‘सबै योजना र आवश्यकतालाई क्रमश कार्यान्वयनमा ल्याउने प्रतिबद्वता जनाउन चाहन्छु ।’

सरकारले नयाँ आर्थिक बर्षका लागि युवा तथा खेलकुद क्षेत्रमा ३ अर्व ४८ करोड बजेटको सिलिङ तोकेको थियो । बजेट भाषणमा सरकारले ३ अर्व ९९ करोड रुपैयाँ बजेट युवा तथा खेलकुद मन्त्रालयलाई विनियोजन गरेको थियो । जुन कुल बजेटको ० दशमलव २६ प्रतिशत हुन आउँछ ।

मन्त्री विश्वकर्माले देशभरका विभिन्न क्षेत्रमा बन्ने खेल पुर्वाधारको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको दाबी गर्दै सोही अनुसार सन्तुलित रुपमा बजेटको व्यवस्था गरिएको दाबी गरे ।

उनले अन्तराष्ट्रिय प्रतियोगिता आयोजनालाई सरकारले गौरवको रुपमा लिएको भन्दै आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको आयोजना हुने काठमाडौं र पोखराका स्थानमा बढी बजेट गएको स्पष्टिकरण दिए ।

राष्ट्रिय प्रतियोगिता कार्यविधि मन्त्रीपरिषदबाट पारित भएर आठौं राष्ट्रिय खेलकुद पाँच नम्बर प्रदेशमा आयोजना गरिएको बताउँदै मन्त्री विश्वकर्माले सोही अनुसार नवौं राष्ट्रिय खेलकुदको तयारी अघि बढेको बताए ।

उनले कर्णाली प्रदेशको खेलकुद पुर्वाधारमा सरकारले विशेष चासो राखेको बताउँदै सो प्रदेशमा चाँडै ठुला राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य सरकारले लिएको संसदलाई जानकारी गराए ।

चीनियाँ सहयोगमा काठमाडौंको दशरथ रंगशालामा ट्रयाक बनाउने काम सम्पन्न भएको बताउँदै उनले स्कोर बोर्ड, फ्लोर लाईट र साउण्ड सिस्टम जोड्न बाँकी रहेको बताए ।

‘प्यारापिटको छाना हाल्न र कुर्सी बिच्छ्याउन बोलपत्र आह्वान गरेर आवश्यक रकम विनियोजन गरिएको छ ।’ मन्त्री विश्वकर्माले भने ।

सरकारले अघि सारेको स्थानीय तह खेल पुर्वाधार कार्यक्रमले हरेक एक स्थानीय तहमा एक खेलग्राम बन्ने दाबी गर्दै मन्त्री विश्वकर्माले सोही योजना अनुसार सबै स्थानीय तहले खेलकुदको पुर्वाधार पाउने संसदलाई जानकारी गराए ।

उनले स्थानीय तहमा बन्ने खेलग्रामले खेलकुद पुर्वाधारको समस्या समाधान हुने दाबी गरे ।

उनले प्रदेश स्तरीय रंगशाला निर्माणका लागि प्रदेश दुईको धनुषा, कर्णालीको सुर्खेत र सुदुरपश्चिमको धनगढीमा १० करोड रकम विनियोजन गरिएको बताएका थिए ।

संसदमा आज शुक्रबार विभिन्न मन्त्रालयका मन्त्रीहरुले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP