• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
कार्यदलले भन्यो – साग गर्न ५ अर्व २५ करोड आवश्यक
खेलपाटी संवाददाता
सोमबार, असार २, २०७६ खेलपाटी संवाददाता
कार्यदलले भन्यो – साग गर्न ५ अर्व २५ करोड आवश्यक

काठमाडौं । आसन्न १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्न करिब ५ अर्व २६ करोड रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरिएको छ ।

खेलकुद मन्त्री जगत विश्वकर्मा संयोजकत्वको प्रतियोगिता तयारी तथा व्यवस्थापन समितिले गठन गरेको बजेट निर्माण कार्यदलले बिज्ञसंग छलफल गर्दै झण्डै साढे ५ अर्वको अनुमानित बजेट पेश गरेको हो ।

कार्यदल संयोजक तथा राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले अनुमानित बजेटको प्रतिवेदन आज (आईतबार) मन्त्री विश्कर्मालाई हस्तान्तरण गरेका छन् ।

यसअघि बसेको प्रतियोगिताको तयारी तथा व्यवस्थापन समितिको बैठकमा राखेप सदस्य सचिव केशवकुमार विष्टले करिव साढे ३ अर्वमा साग आयोजना गर्न सकिने बताएका थिए । तर कार्यदलले झण्डै दोब्बर बजेट अनुमान गर्दै प्रतिवेदन पेश गरेको छ ।

कार्यदल संयोजक तिम्सिनाले विभिन्न व्यक्ति र परिषदका कर्मचारीसंग छलफल गरेर बजेट पेश गरिएको जानकारी दिए ।

उनले बजेट केही महत्वकाक्षी देखिएपनि समारोह, खेलाडीको अभ्यास र आईटीलाई समेत महत्व दिएका कारण बजेटको आकार बढ्न गएको उल्लेख गरे ।

कार्यदलले विभिन्न १७ समितिको शीर्षक राखेर अनुमानित बजेट निर्धारण गरेको छ । कार्यदलका अनुसार राष्ट्रिय टिम तयारीमा ८८ करोड १२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

यस्तै, खेलस्थल व्यवस्थापनमा ३ करोड ११ लाख, प्राविधिक कामका लागि ३० करोड ४० लाख, स्रोत साधन परिचालनमा २० लाख, सुरक्षामा ५० करोड २६ लाख, आवासमा ४५ करोड ५२ लाख, यातायातमा १५ करोड ७१ लाख, स्वास्थ्य समितिमा ३ करोड ४३ लाख, प्रचार प्रसारमा ८ करोड ९५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यस्तै, समारोहमा ७१ करोड ४६ लाख, स्वयंसेवक परिचालनमा २ करोड, अतिथि सत्कारमा १ करोड २९ लाख, खेल सामाग्रीमा १ अर्व २९ करोड, एन्टि डोपिङ्गमा ३ करोड ५४ लाख, आयोजक समितिमा २७ करोड, आईटी व्यवस्थापनमा १९ करोड र विविधमा २५ करोड बजेट अनुमान गरिएको छ ।

बैशाख २६ गते बसेको सागको तयारी समितिको बैठकले बजेट निर्धारणका लागि राखेप उपाध्यक्षको संयोजकत्वमा कार्यदल गठन गर्दै ७ दिनको समय दिएको थियो ।

तर कार्यदलले झण्डै एक महिना पछि अनुमानित बजेट मन्त्रालयमा पेश गरेको हो । कार्यदलले विज्ञ र कर्मचारीको सहयोगमा बजेट निर्धारत गरेपनि प्रतियोगिताका लागि गठन गरिएको समितिसंग कुनै छलफल नै गरेन ।

खेलकुद मन्त्री विश्वकर्माले प्रतियोगिता सम्बन्धि कार्यविधि पारित नभएको अवस्थामा कार्यदलले पुर्णता पाउन नसकेको बताउँदै सोही कारण समितिलाई बजेट निर्माणमा जोड्न नसकिएको बताए ।

'कार्यविधि पारित भएको छैन । सोही कारण समितिले पुर्णता पाएका छैनन । समिति नै पुरा नभएको अवस्थामा काम गर्ने अवस्था छैन ।' उनले पत्रकार सम्मेलनमा भने ।

कार्यदलले बुझाएको प्रस्तावित बजेटमा खेलकुद मन्त्रालयले आवश्यक छलफल गरेर अर्थ मन्त्रालयमा पठाउने छ । अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि मात्र सागका लागि सरकारले दिने बजेटको अन्तिम टुङ्गो लाग्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP