शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वविद्यालय खेलकुदमा त्रिभूवन विश्वविद्यालय च्याम्पियन

शनिबार, २३ असार २०७५खेलपाटी संवाददाता
विश्वविद्यालय खेलकुदमा  त्रिभूवन विश्वविद्यालय च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । त्रिभूवन विश्वविद्यालयले तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा  त्रिभुवन विश्वविद्यालयले ९ स्वर्ण, ४ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा काठमाडौं विश्वविद्यालय दोस्रो भयो । काठमाडौंले २ स्वर्ण, ४ रजत र ५ कांस्य हात पार्यो । २ रजत र ३ कांस्य जितेको सुदूरपश्चिमाञ्चलले तेस्रो स्थानमा चित्त बुझायो ।

प्रतियोगिता अन्तर्गत शनिबार भलिबलको पुरुष÷महिला दुवैमा त्रिभुवन विश्वविद्यालयले उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पुरुष फाइनलमा टियुले सुदूरपश्चिमाञ्चललाई २३–२५, १६–२५, २५–२१, २५–२० र १६–१४ ले पराजित गर्यो ।

महिला फाइनलमा पनि टियुले सुदूरपश्चिमाञ्चललाई नै २५–२०, २७–२५ र २५–१७ को सोझो सेटमा हरायो । दुवैमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय तेश्रो स्थानमा सीमित भयो ।

ब्याडमिन्टनमा समावेश चार स्पर्धामा टियुले सबैमा स्वर्ण हात पार्यो । पुरुष सिंगल्स फाइनलमा टीयूका जीवन आचार्यले टीयूकै पूर्णबहादुर थापालाई २१–१७ र २१–१८ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्समा टीयूकी सीताकुमारी राईले टीयूकै तारा ओल मगरलाई २१–१४ र २१–६ को सीधा सेटमा हराइन् ।

पुरुष डबल्स फाइनलमा टियुका जीवन र पूर्णको जोडीले कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशान्त भट्ट र लक्ष्मीनारायण ओझाको जोडीलाई २१–१५ र २१–११ को सोझो सेटमा पाखा लगाए । सो स्पर्धाको महिलामा टीयूका सीता र ताराको जोडीले स्वर्ण हात पारे ।

बुद्धिचालमा पनि टियुले १० अंक जोड्दै पहिलो स्थान कब्जा गर्यो । केयू दोश्रो तथा सुदूरपश्चिमाञ्चल तेश्रो भए ।

विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, सदस्य प्रा.डा. अरविन्द श्रीवास्तव र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले पुरस्कार प्रदान गरे ।

तीनदिने प्रतियोगितामा विभिन्न ८ विश्वविद्यालयबाट २ सय ५६ खेलाडी सहभागी थिए । भलिबल, ब्याडमिन्टन, बुद्धिचाल र टेबलटेनिसमा प्रतिस्पर्धा भएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

जय ट्रफीमा भीमको अर्धशतक

जय ट्रफीमा भीमको अर्धशतक

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

युनाइटेड पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

युनाइटेड पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा