मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Bhat Bhateni Supermarket Ad

नेपाली बक्सिङ विकास नहुनु राज्य र संघको कमजोरी : अवाले

बुधबार, जेठ ३०, २०७५खेलपाटी संवाददाता
नेपाली बक्सिङ विकास नहुनु राज्य र संघको कमजोरी : अवाले
Classic Tech Internet Ad

श्याम काजी अवाले लामो समयबाट बक्सिङ खेलसँग आबद्द रहदै आएका छन् । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य अवाले संघको अन्तर्राष्ट्रिय सम्बन्ध तथा जिल्ला र क्षेत्रिय व्यवस्थापन गर्ने गर्छन् ।

नेपालमा बक्सिङ खेलबारे प्रश्न गर्दा सदस्य अवालेले बक्सिङ खेल प्रगतितर्फ गईरहेको बताए । तर, अवालेले नेपालमा सरकार र संघकै कमजोरीले बक्सिङको विकास आफ्नो गतिमा नभएको बताए ।

ललितपुर जिल्ला बक्सिङ संघमा १२ बर्षबाट प्रवक्ताको जिम्मेवारीमा रहेका अवालेसँग खेलपाटी डटकमले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

नेपालमा बक्सिङ खेलको अवस्था अहिले कस्तो छ ?

नेपाली बक्सिङ अहिले प्रगतिमार्गमा गईरहेको छ । जसको मूल्यांकन गर्ने विभिन्न तरिका हुन्छ । मैले संघको सदस्यको नाताले भनेर मात्र भएन, जिल्ला र क्षेत्रमा कति गतिविधि भयो ? अन्तर्राष्ट्रिय सहभागिता र प्रतिफल महत्वपूर्ण हुन्छ । यो अनुसारमा नेपाल बक्सिङ संघ प्रगतिको बाटोमा गईरहेको छ ।

एसियन,साग खेलकुदमा पदक ल्याउने र ओलम्पिक खेलमा पदकको सम्भावना रहेको बक्सिङ पछिल्लो समय खस्किएको छ किन ?

यसमा विविध कारणहरु छन् । बक्सिङ खेल दक्षिण एसियामा तहल्का मच्चाउन सक्ने खेल हो, एसियन गेम्समा ६ मेडल जितिसकेको छ र ओलम्पिकमा पनि आधा दर्जन खेलाडी सहभागिता भैसकेका छन् । तर, यो बिचमा राज्यको कमजोरी भनौ या संघको कमजोरी भनौ । हामीले राम्रो नीति जनमानसमा लैजान नसकेको हुनाले जुन रुपमा प्रगति हुनु पर्ने हो, भएन । हाम्रो प्रगति भइरहदा अन्य राष्ट्रले चै हाम्रो भन्दा धेरै प्रगति गरेको कारण हाम्रो प्रदर्शन खस्किएको देखिएको हो ।

नेपालमा बक्सिङ खेल खस्कनु संघमा देखिएको विवाद हो या अरु केहि छ ?

नेपालमा दुखको कुरा भन्नु पर्दा प्राय सबै संघमा विवाद देखिएको छ । संघमा राम्रो गर्छु भनेर आएकाहरुलाई पनि खुट्टा तान्ने प्रवृति छ । हाम्रो संघमा पनि नभएको हैन विभिन्न तत्वहरु छन् । हामी संघको २५ जना सदस्यहरु एक जुट भएर गइरहेका छौ । तरपनि बाह्य शक्तिहरु सक्रिय भएर विवाद र खुट्टा तान्ने कार्यहरु भइरहेको छ, म स्विकार गर्छु । हामीले सबैलाई साम्य पारेर, समेटेर लगे मात्र बक्सिङको विकास हुने सबैलाई मनन भईसकेको कारण विगतमा भएको कमीकमजोरी र बिगतमा भएको मनमुटाब केहि मत्थर भएको छ ।

संघको विवाद समधान गर्न केहि तयारी छ कि छैन ?

हामीले संघको विवाद समाधान गर्न खोजिरहेका छौं ।  एसियन गेम्सपछि विशेष साधारणसभा बोलाउने कोशिस गरिरहेका छौं, बोलाइसकेका छैनौं । विधानमा उल्लेख नभएका कतिपय कुराहरु छन्, जो बक्सिङभन्दा बाहिर रहेर संघलाई सहयोग गरिरहनु भएको छ । उहाँहरुलाई समेटेर लैजानु छ । त्यसको लागि बिधान संसोधन नगरी कार्यसमितिले मात्र समेट्न सकिन्न । बिशेष साधारणसभा गरेर छुटेका जिल्ला र क्षेत्रहरुलाई समेटेर लैजाने छौं र  बाँकी रहेको विवादहरु सधैको लागि समाधान गरेर लैजाने छौं ।  

 

नेपाली बक्सिङको विकास कसरी हुन्छ ?  

हामी जब निर्वाचित भयौ, दुई बर्ष अघि त्यसमा हामीले स्कुल बक्सिङ कार्यक्रम ल्याएका थियौं, हाम्रो त्यो प्रमुख एजेन्डा थियो । स्कुल बक्सिङलाई हामीले युथ लेभलबाटै लगेनौ भने हामीलाई गार्हो हुन्छ भन्ने थियो । किनकि छिमेकी भारतले १२ – १५ बर्षमा बक्सिङमा छलाङ्ग मारेको देखेको छौ । यसको मुख्य जड भनेको युथ बक्सिङ हो । त्यसको कारण संघले स्कुल बक्सिङको लागि छुट्टै समिति बनाएर काम गरेका छौ । जसमा काठमाडौँ भ्यालीका ४५ वटा स्कुलका प्रिन्सिपल र स्पोर्ट्स टिचरलाई बोलाएर तीन पटक संवाद गरिसकेका छौ । १७ स्कुलहरुले त् बक्सिङ सुरु नै गरेको छ । अझै हामीले प्रशिक्षकहरु उपलब्ध गराउन सकेको छैनौ, भौतिक सामग्रीहरु उपलब्ध गराउन सकेको छैनौं, त्यो कामलाई अगाडी बढाएर स्कुल लेभल, युथ लेभल र क्लब लेभलमा धेरै भन्दा धेरै बक्सिङका क्रियाकलापहरु गर्न सकेमा नयाँ नयाँ प्रतिभावान खेलाडी निस्कन सक्ने छ ।

बक्सिङ खेलको विकासको लागि अन्तर्राष्ट्रिय संघसँग कस्तो सम्बन्ध छ, के कस्तो पहल गरिरहनु भएको छ ?

हाम्रो संघको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय बक्सिङ एसोसियसन (आइबा) हो । क्षेत्रको हिसाबमा एसियन बक्सिङ फेडेरसन (एएसबिसी) हो । संघले मलाई अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी दिएको कारणले भन्नु पर्दा गत जनवरीमा दुवईमा आइबाको मिटिङमा हामी सहभागी भयौ । हामीले धेरै भन्दा धेरै एसोसियसनका प्रमुख तथा आइबाका व्यक्तिसँग भेट गर्यौ । त्यहाँ हामीले स्पष्ट रुपमा हाम्रो कुराहरु समस्याहरु राख्न सकेको छौ । त्यसअघि उज्वेकिस्तानमा हामीले हाम्रो कुराहरु गरेका थियौ ।  नेपाललाई हेर्छौ भन्ने कुराहरु भएको थियो । नेपाललाई फाइदा हुने कार्यहरु प्रक्रियागत तरिकाले अघि बढीसकेको थियो । तर, आइबामा पनि यसअघिका अध्यक्षले विविध कारणले पद छाड्नु पर्यो । अध्यक्षको पद छाडेसँगै हामीमा आउने सहायता कार्यहरु पनि तुहिएको थियो ।

बक्सिङ विकासको लागि ठोस नीति तर्जुमा तयार गर्नु भएको छ कि छैन र?

हामी निवार्चित भएदेखि नै हामीले चार बर्षे कार्ययोजना बनाएका थियौ । कति हामीले पुरा गर्यो । कति पुरा गर्न सकेको छैनौ ।  नसक्नुको कारण कलह र विवादको कुरा आयो । त्यसले हाम्रो माइन्ड डिस्ट्रब भयो । भाड्न खोज्ने कार्यहरु भयो । त्यसले हाम्रो रफ्तारलाई धक्का पुगेको छ । सबै लागेको भए अहिलेको भन्दा अझै विकास हुने थियो ।

बक्सिङ एकेडमीको अवधारणा बनाउनु भएको छ, कहिले पुरा हुन्छ ?

हामीले बक्सिङ एरिना बनाउन खेलकुद परिसदसँग कुरा गरिसकेका छौं । सदस्यसचिबले हामीलाई जग्गा पनि देखाईसक्नु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिषदसँगै १ रोपनी जग्गा छ । त्यसमा दीर्घकालीन बनाउने कोशिश गरेका छौं । कानुनी रुपमा केहि अड्चन छ । जिल्ला प्रशाशनमा निवेदन दिएका छौं । त्यो जग्गा प्रशासनले खाली गरेमा बक्सिङ संघ आफैले सरकारसँग सहयोग मागेर र फन्ट जुटाएर बक्सिङ एकेडमी नै सुरु गर्ने विचार गरेका छौ । त्यो पुरा भयो भने पक्कै पनि अहिलेको वोर्ड मात्र हैन जो समिति आएपनि राम्रो प्लेटफर्म तयार हुन्छ ।

बक्सिङमा परिवार नै लाग्नु भएको छ । संघको कार्यमा गोजीबाट खर्च गरिरहनु भएको छ, किन ?

यो एउटा बक्सिङ प्रतिको मोह र बक्सिङ प्रतिको आस्था र केहि गर्छु भनेर आएको हुनाले हो । अध्यक्ष दिलदार हुनुहुन्छ र मैले पनि उहाको कार्यमा सहयोग गर्दै आएको छ । हाम्रो परिवार नै बक्सिङ भनेपछि हुरुक्कै हुन्छौ । सरकारले दिएको रकमले प्रतियोगिता संचालन गर्न पनि पुग्दैन । दुई बर्षमा हामीले १३ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका छौं । तीन ठुला राष्ट्रिय प्रतियोगिता भईसकेको छ । त्यसमा करोडौ खर्च भएको छ । तर, हामी व्यापारमा पनि रहेको हैसियतले हामी केहि भाग चै बक्सिङ र राष्ट्रको खर्च गरिरहेका छौं । त्यसमा हामीलाई गौरव लागिरहेको छ । यो हाम्रो लगानी खेर जादैन, एउटा राष्ट्रको नाम राख्नेको नाममा खर्च गरिरहेका छौं ।

बक्सिङ प्रतियोगिताको लागि व्यवसायिक घरानासँग सहकार्य किन भएको छैन् र?

प्रायोजकसँग कुरा गर्दा सुरुवातमा हामीलाई सरकारको आधिकारिकता चाहिन्छ । सुरुवातमा हामीलाई त्यो भएन । हामीलाई राष्ट्रिय खेलकुद परिसद र नेपाल ओलम्पिक कमिटिबाट मान्यता पाउन १ बर्ष लाग्यो । त्यसमाथि संघमा किचलो आयो । 

जति गर्नु पर्ने थियो त्यो भएन । यो कार्यमा अध्यक्षमात्र अघि बढेर भएन, सबै २५ जना सदस्यको बराबरी हक हो यो । हामी आर्थिक कुरा र स्पोन्सर जुटाउने कुरामा चुकिरहेका छौं । तर, भर्खरै हामीले यो कार्य सुरु गरेका छौं । हामीले खाका तयार गरिसकेका छौं । स्कुल बक्सिङको लागि हामीले १-२ बैंकहरुसँग कुराहरु पनि गरिसकेका छौं ।

भिडियोमा हेर्नुस :

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Bajaj Pulsar Motorcycle Ad
रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार