• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सागको तयारीमा खेलकुद मन्त्रीको कछुवा गति
खेलपाटी संवाददाता
बुधबार, जेठ २२, २०७६ खेलपाटी संवाददाता
सागको तयारीमा खेलकुद मन्त्रीको कछुवा गति

काठमाडौं । फागुन १९ गते थाइल्याण्डको राजधानी बैंककमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औ सागको मिति अन्तिम पटकका लागि भन्दै तय गर्यो ।

नेपाललाई अन्तिम मौका दिदै १३ औ साग डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौंमा आयोजना आयोजना गर्ने निर्णय भयो ।

मिति घोषणाको झण्डै दुई महिनापछि मात्र युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सागको तयारी तथा व्यवस्थापन समितिको पहिलो बैठक बैशाख २५ गते बोलाए । तर सो बैठकमा समितिका अधिकांश सदस्य अनुपस्थित रहे । कोरमै नपुगेर बैठक स्थगित हुने अवस्था आयो ।

लगत्तै मन्त्रीले भोलीपटक समितिको पुर्ण बैठक बोलाएर केही महत्वपुर्ण निर्णय गराएका थिए ।

जेठको पहिलो साताभित्र राष्ट्रिय टिमको तयारी बन्द प्रशिक्षण सुरु गर्ने, बजेट निर्धारण गर्न कार्यदल गठन गर्ने, साग तयारीको कार्य योजना बनाउने र प्रतियोगिता सञ्चालन सम्बन्धि कार्यविधि मन्त्रीपरिषदबाट पास गर्ने लगायतका निर्णय सो बैठकले गरेको थियो ।

अधिकांश निर्णयको कार्यान्वयन एक साता भित्र अघि बढाउन बैठकले निर्देश गरेको थियो ।

खेलकुद मन्त्री संयोजकत्वको समितिले निर्णय गरेको करिब एक महिना बित्न लागेको छ । तर बैठकले गरेका निर्णय कुनैपनि कार्यान्वयन हुन सकेका छैनन् ।

न निर्णय कार्यान्वयनका लागि मन्त्रीले चासो राखेका छन्, न जिम्मेवारी पाएका कार्यदल र नेतृत्वले काम सकेका छन् ।

सागको आयोजना तथा सञ्चालनमा मुल नेतृत्व गैरजिम्मेवार बन्दा १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता तयारीमा बिलम्ब हुने खतरा बढेको छ ।

प्रतियोगिता हुन अब मात्र ५ महिना बाँकी छ । तर राज्यले गर्नुपर्ने तयारी अघि बढेको देखिदैन । खेलकुद मन्त्रीले निर्णय कार्यान्वयनमा तदारुपता देखाउन नसक्दा सागको तयारी कछुवा गतिमा छ ।

बैठकले एक साता भित्र साग सञ्चालनको कार्यविधि तयार गर्ने निर्णय गरेको थियो । तर झण्डै एक महिना वितिसक्दा समेत कार्यविधि तयार हुन सकेको छैन । खेलकुद मन्त्रालयले तयार गरेको कार्यविधि अर्थमन्त्रालयमा अड्किएर बसेको छ ।

यस्तै, खेलकुद मन्त्रालयले राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना नेतृत्वमा सागको बजेट निर्धारण कार्यदल गठन गरेको थियो । कार्यदलले सबै समितिमार्फत बजेटको एकमुष्ट खाका मन्त्रालयमा पेश गर्नुपर्ने थियो ।

तर बजेट निर्धारण गर्ने जिम्मेवारी पाएका उपाध्यक्ष साताव्यापी कार्यक्रमका लागि भन्दै बैदेशिक भ्रमणमा निस्किए ।

अहिले कार्यदलले करिब ५ अर्ब ५० करोड रुपैयाँको अनुमानित बजेट पेश गर्ने तयारी गरेको छ । तर प्रतियोगिता आयोजना गर्न गठन गरिएका १६ वटा कमिटिले आफुलाई चाहिने बजेट पेशै गरेका छैनन् । अधिकांश समितिका बैठक समेत बसेका छैनन् ।

एक साताको म्यानडेट सहित गठन भएको कार्यदलले झण्डै एक महिनापछि अनुमानका आधारमा सरकारलाई सागको बजेट पेश गर्ने तयारी गरेको छ ।

राखेप उपाध्यक्ष तथा बजेट कार्यदलका संयोजक तिम्सिना भने कार्यविधि पारित नुहदाँ धेरै प्रक्रिया अघि बढ्न नसकेको बताउँछन् ।

‘कार्यदल पारित नभएकाले काम अघि बढाउन समस्या भएको हो । अबको मन्त्रीपरिषदले कार्यविधि पारित गर्ने आश गरेका छौ । लगत्तै समितिलाई जिम्मेवारी दिएर काम अघि बढाउँछौ ।’ उनले भने ।

सदस्य सचिव केशवकुमार विष्टले यसअघिको बैठकमा साग आयोजना र सञ्चानका लागि करिब साढे ३ अर्ब रुपैयाँ लाग्ने बताएका थिए । तर सो रकम अपुग हुने भन्दै कार्यदलले झण्डै साढे ५ अर्ब बजेट माग्ने तयारी गरेको हो ।

सदस्य सचिव केशवकुमार विष्ट अहिलेको गतिमा सागको सफल आयोजना गर्न समस्या हुन खेलपाटीलाई बताए ।

‘कार्यविधि अर्थमन्त्रालयबाट अघि बढेको छैन । जिम्मेवारी कुनै ब्यक्तिको भन्दापनि हामी सबैको हो । जेठभित्र कार्यविधि पारित नभएमा प्रतियोगिता आयोजनामा समस्या पर्न सक्छ ।’ उनले भने ।

कार्यकारी समिति आवश्यक

साग आयोजनाको तयरीका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रधानमन्त्री संयोजकत्वको उच्चस्तरीय अनुगमन तथा व्यवस्थापन समिति गठन गरेको थियो । त्यस्तै प्रतियोगिताको व्यवस्थापनसंग सम्बन्धित पक्षलाई समावेश गरि खेलकुद मन्त्रीको अध्यक्षतामा तयारी तथा व्यवस्थापन समिति समेत गठन गरिएको थियो ।

तर सागको तयारी, आयोजना र सञ्चालनका लागि छुट्टै कार्यकारी समिति गठन आवश्यक पर्ने खेलसम्बद्व अधिकारी बताउँछन् ।

‘राखेपका कर्मचारीका आफ्नै दैनिक कामहरु हुन्छन् । मन्त्रालयका कर्मचारी समेत आफ्नै दैनिक काममा व्यस्त हुन्छन् । तर सागको तयारीलाई तिव्र गतिमा अघि बढाउने हो भने तत्काल छुट्टै एउटा कार्यकारी समिति गठन आवश्यक छ । सोही समितिले सागमा मात्र केन्द्रित भएर काम गर्छ ।’ मन्त्रालयका एक अधिकारीले खेलपाटीसंग भने, ‘नत्र अबको ५ महिना भित्र सागको सफल आयोजना गर्न गाह्रो पर्छ ।’

राखेप उपाध्यक्ष तिम्सिना समेत प्रतियोगितामा केन्द्रित भएर काम गर्ने कार्यकारी समिति गठन आवश्यक रहेको बताउँछन् ।

‘मन्त्रीको संयोजकत्वको संयन्त्रले काम गर्न नसक्ने भन्ने कुरा हुदैन । तर मन्त्री मातहत रहने गरि छिटो छरितो चल्ने गरि एउटा कार्यकारी समिति बनाउनपर्छ । त्यही समिति मातहत उपसमिति रहने प्रावधान सहितको कार्यविधि तयारी गरेका छौ ।’ उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP