• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सन्दीप र सावित्रासहित ५ खेलाडी पिपुल्स च्वाइस अवार्डको लागि मनोनित
खेलपाटी संवाददाता
आइतबार, जेठ १९, २०७६ खेलपाटी संवाददाता
सन्दीप र सावित्रासहित ५ खेलाडी पिपुल्स च्वाइस अवार्डको लागि मनोनित

काठमाडौं ।  बजाज पल्सर स्पोर्टस् अवार्ड अन्तर्गतको पिपुल्स च्वाइस अवार्ड विधाका लागि ५ चर्चित खेलाडी मनोनित भएका छन् ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार वर्षका चर्चित ५ खेलाडीको नाम सार्वजनिक गरेको हो ।मञ्चका सचिव गोविन्द रेग्मीको संंयोजकत्वमा रहेको खेलाडी छनोट समितिले पाँच खेलाडी चयन गरेका हुन् ।

यस अवार्डका लागि मनोनित हुनेमा क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरीक सुगठनका महेश्वर महर्जन रहेका छन् ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ ।

एसएमएस भोटिङ र फेसबुक लाईकको मतभार ५० प्रतिशत रहनेछ । पत्रकारको भोट र संघका मुख्य प्रशिक्षकको मतको भार २५/२५ प्रतिशत रहनेछ ।

खेलाडीलाई भोट गर्न नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले ३७७२२ नम्बरमा म्यासेज गर्न सक्नेछन् । म्यासेज बक्समा गएर पल्सर टाईप गरेर एक स्पेस छाड्ने र खेलाडीको कोड नाम टाईप गरेर ३७७२२ मा पठाउन सकिनेछ ।

विजेताको घोषणा आगामी असार १७ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा गरिनेछ । 

सन्दीपलाई भोट गर्न Pulsar <space> SL लेखेर ३७७२२ मा पठाउन सकिनेछ । त्यस्तै, रेश्मालाई भोट गर्नका लागि Pulsar <space> RB लेखेर, प्रिन्सका लागि Pulsar <space> PD लेखेर र सावित्राका लागि Pulsar <space> SB टाइप गरी ३७७२२ मा पठाउन सकिन्छ । यस्तै महेश्वरका लागि   Pulsar <space> MM टाइप गरी ३७७२२ मा पठाउन सकिनेछ ।

भोटिङ आज (आइतबार) दिउँसो  १२ बजेदेखि असार १६ गते राति १२ बजेसम्म खुल्ला हुनेछ । 

यस्तै कार्यक्रममा मञ्चले  टीएचटी लाइभसँग भोटिङको लागि सम्झौता गरेको छ । टीएचटीका भुपेन्द्र लामा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

मञ्चले प्रत्येक वर्ष विभिन्न विधामा नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएका खेलाडी प्रशिक्षक र टिमलाई अवार्ड दिँदै आएको छ । यसपटक विभिन्न १० विधामा अवार्ड प्रदान गरिने छन् । यस वर्ष एक नयाँ विधा थप गरिएको छ ।

यस पटक पिपल्स च्वाइस अवार्डसंगै वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक,  पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । यस्तै थप गरिएको विधामा इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।

वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP