काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले एपीएफलाई जितका लागि १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ ।
मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको गण्डकीले ४१ ओभर २ बलमा अलआउट हुँदै १२५ रन बनायो । गण्डकीका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रन बनाए ।
यस्तै आकाश थापाले १९, बिपिन खत्रीले १७,अनिल गुरुङले ११, किशोर महत्व १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
एपीएफका भुवन कार्कीले ३ विकेट हात पारे । यस्तै अमर सिंह रट्यौला, यज्ञमान कुमाल र शरद भेसवाकरले समान २/२ विकेट हात पारे । गण्डकी पहिलो खेलमा प्रदेश नम्बर ३ संग पराजित भएको थियो ।
गण्डकीविरुद्द खेलमा एपीएफकाे नजर सेमिफाइनल प्रवेशमा रहेको छ । गण्डकीविरुद्द जित निकाल्दै एपीएफ सेमिफाइनल प्रवेशकाे नजिक पुग्न चाहन्छ ।
एपीएफले पहिलो खेलमा प्रदेश ३ र दोस्रो खेलमा सुदुरपश्चिमलाई पराजित गर्दै अघिल्लो चरण प्रवेशको नजिक रहेको छ । समूह ए मा एपीएफ ४ अंक जोड्दै दोस्रो स्थानमा छ । गण्डक प्रदेश अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।