• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सागको राष्ट्रिय टिम तयारी बुधबारबाट
खेलपाटी संवाददाता
सोमबार, जेठ १३, २०७६ खेलपाटी संवाददाता
सागको राष्ट्रिय टिम तयारी बुधबारबाट

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको राष्ट्रिय टिम तयारी बुधबारबाट सुरु हुने भएको छ । जेठको पहिलो साता भित्र तयारी सुरु गर्ने भनिएपनि अन्तिम समयमा आएर जेठको १५ गतेबाट राष्ट्रिय टिमको तयारी सुरु गर्न लागिएको हो ।

सागको प्राविधिक समितिका सचिव रिम रानाभाटका अनुसार सुरुवाती चरणमा सात खेलका खेलाडीलाई प्रारम्भिक रुपमा बन्द प्रशिक्षणमा राखिने खेलपाटीलाई बताए ।
बुधबारबाट सुरु हुने राष्ट्रिय टिमको तयारीमा प्याराग्लाईडिङ, सुटिङ, जुडो, भारत्तोलन, आर्चरी, टेबल टेनिस र स्क्वासका खेलाडीलाई समावेश गरिनेछ ।

उपलब्ध बजेटका आधारमा ७ खेलको प्रशिक्षण सुरु गरिएको रानाभाटले उल्लेख गरे । पहिलो चरणमा असार मसान्तसम्म प्रशिक्षण सञ्चालन गरिनेछ र अन्य खेलको प्रशिक्षणलाई समेत संगै अघि बढाईनेछ ।

राष्ट्रिय खेलकुद परिषद राखेपले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण र रजत जितेका खेलाडीलाई तयारी प्रशिक्षणमा बोलाएको छ ।

राखेपले आगामी मंसिरमा सबै खेल समावेश गर्दै राखेप च्याम्पियनसिप आयोजना गर्ने तयारी गरेको छ । सोही प्रतियोगितामा राष्ट्रिय टिमको तयारीमा रहेका खेलाडी र व्यक्तिगत रुपमा अभ्यासरत खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । राखेप च्याम्पियनसिपमा प्रथम हुने खेलाडीलाई १३ औ सागमा नेपालको प्रतिनिधित्व गराउने सरकारको तयारी छ ।

गत बैशाख २६ गते बसेको सागको तयारी तथा व्यवस्थापन मुल समारोह समितिको बैठकले राष्ट्रिय टिमको तयारी जेठको पहिलो साता गर्ने निर्णय गरेको थियो । तर सरकारले बजेट अभावको कारण देखाउँदै खेलाडीको बन्द प्रशिक्षण सुरु गर्न सकेको थिएन ।

आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने तय भएको सागमा २७ खेल समावेश छन् । नेपालले आयोजकको हैसियतमा प्याराग्लाईडिङ र क्रिकेटलाई समावेश गर्दै सागमा २७ खेल राख्ने निर्णय गराएको थियो ।

सागको बजेट बन्न सकेन 

बैशाखको अन्तिम साता खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको मुल आयोजक तयारी समितिको बैठकले प्रतियोगिता सञ्चालनमा लाग्ने खर्चको विवरण तयार गर्न राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा बजेट कार्यदल गठन गरेको थियो । एक हप्ताको समयसिमा दिएर कार्यदल गठन गरेपनि झण्डै दुई हप्ता वितिसक्दा समेत सागको आवश्यक बजेट निर्धारण हुन सकेको छैन ।

साग तयारीकालागि मन्त्रालयले विभिन्न समिति गठन गरेको थियो ।

प्राविधिक समितिमा गंगाबहादुर थापा, सुरक्षा समितिमा नेपाल प्रहारीका महानिरिक्षक सर्वेन्द्र खनाल, स्वयमसेवकमा बिनोद श्रेष्ठ, यातायातमा शिव कोइराला, आवासमा तेज गुरुङ र खेल स्थल व्यवस्थापनमा टासी घरेललाई जिम्मेवारी दिएको थियो ।

तर गठन गरिएका समितिले आवश्यक बजेटको खाका पेश गरेका छैनन् । पटक पटक पत्राचार गर्दा समेत समितिले सम्बन्धित क्षेत्रमा लाग्ने खर्चको बजेट पेश नगरेकाे राखेपले जनाएकाे छ । 

सरकारले प्रतियोगिता सञ्चालनका लागि करिब ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ । अनुमानित बजेटमा सवाँ अर्व रुपैयाँ खेल सामाग्री खरिदमा खर्च हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP