मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

टेन्डी र नारायण फाइनलमा

बिहिबार, २१ असार २०७५खेलपाटी संवाददाता
टेन्डी र नारायण फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद बिहीबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन टेबलटेनिसतर्फ पुरुष सिंगल्समा त्रिभूवन विश्वविद्यालय (टीयू) का टेन्डी शेर्पा र नारायण घिमिरे फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा टेन्डीले काठमाडौं विश्वविद्यालय (केयू) का करण राईलाई ४–३ तथा नारायणले केयू सन्दिप भुर्तेललाई ४–१ ले पराजित गरे ।

महिला सिंगल्समा केयूकी नम्रता ढकालले टीयूकी ज्योति खनाललाई ४–१ तथा केयूकी रेजशा खोटियाले टीयूकी सिजा अर्याललाई ४–० को सेटमा हराउदै फाइनलमा स्थान पक्का गरे ।

भलिबलको पुरुष र महिला दुवैमा टीयू सेमिफाइनलमा पुगेको छ । पुरुषमा टीयूले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई २५–१७, २५–१३ र २६–२४ को सोझो सेटमा पराजित गर्यो ।

महिलामा टीयूले केयूलाई २५–२, २५–६ र २५–१३ को सीधा सेटमा हरायो । महिलामै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पोखरा विश्वविद्यालयलाई २५–२१, २५–१६ र २५–१६ को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा केयू र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । केयूले संस्कृत विश्वविद्यालयलाई २५–१५, २५–१८ र २५–२२ तथा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चल विश्वविद्यालयलाई २५–१०, २५–११ र २५–१४ को सोझो सेटमा पन्छाए ।

यस्तै ब्याडमिन्टनको पुरुष सिंगल्समा टीयूका जीवन आचार्य, सुदूरपश्चिमाञ्चलका सनी भट्ट, केयूका विष्णु पाण्डे, पूर्वाञ्चलका सूचक खड्का, कृषिका प्रशान्त भट्ट, सुदूरपश्चिमाञ्चलका मनीष ऐर, पोखराका सिर्जन श्रेष्ठ र टीयूका पूर्णबहादुर थापा क्वाटरफाइनलमा पुगे ।

कीर्तिपुरस्थित टीयू हातामा भएको प्रतियोगिताको महिला सिंगल्समा केयूकी शान्ता अर्याल, पूर्वाञ्चलकी अल्का शाह, सुदूरपश्चिमाञ्चलकी हेमा जोशी र हेमन्ती भट्ट, केयूकी आस्मा भट्टराई तथा मध्यपश्चिमाञ्चलकी सुस्मिता आचार्यले क्वाटरफाइनलमा स्थान बनाए ।

यसअघि राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा समावेश विभिन्न ४ खेलका प्रतिनिधिलाई खेल सामाग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी ४ खेल समावेश छन् । तीनदिने प्रतियोगितामा ८ विश्वविद्यालयबाट २ सय ५६ खेलाडी सहभागी छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक