एसटिएस टेलिभिजनलाई उपाधि

धनगढी । एसटिएस टेलिभिजनले नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाईनलमा पश्चिम टुडेलाई १४–४ गोल अन्तरले पराजित गर्दै एसटिएसले उपाधि जितेको हो ।
फ्ल्याटल्याण्ड फुटसल एसटिएसलाई उपाधि दिलाउन शंकर बोहराले ७, सागर शाहले ५ र जितेन्द्र रावलले २ गोल गरे। पश्चिम टुडेका लागि दिपक उपाध्याय र रोशन चौधरीले समान २/२ गोल गरे।
उपाधिसंगै एसटिएसले १५ हजारसंगै ट्रफी र प्रमाणपत्र हात पारेको छ । पश्चिम टुडेले ७ हजार सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिम टुडेका दीपक उपाध्याय, उत्कृष्ट गोलकिपर पश्चिम टुडेकै आभाष उपाध्याय र सर्वाधिक गोलकर्ता एसटिएसका सागर शाह भए। प्रतियोगितामा फेयर प्ले अवार्ड दिनेश एफएमले जितेको छ।
यसअघि पहिलो सेमीफाईनलमा पश्चिम टुडेले धनगढी एफएमलाई पराजित गरेको थियो । यस्तै एसटिएसले वावा टेलिभिजनलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गरेका थिए ।






-1759666509639.jpg&w=3840&q=75)









