भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

काठमाडौं। सातदोबाटो युथ क्लबलाई राष्ट्रिय लिगमा श्री भगवती क्लब टोखाले बराबरीमा रोकेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंशालामा बुधबार सम्पन्न खेलमा भगवतीले सातदोबाटोलाई गोलरहित बराबरीमा रोक्दै अंक बाँडेको हो। यो सातदोबाटोको तेस्रो बराबरी हो। लिगमा ७ खेल खेलेको सातदोबाटोले ६ अंक जोडेको छ।
भगवतीको भने यो दोस्रो बराबरी हो। समान खेलबाट भगवतीको ५ अंक रहेको छ।
खेलको १३औं मिनेटमा सातदोबाटो फोडे फोफानाले प्रहार गरेको हेडिङ गोल पोष्टको माथिबाट बाहिरियो। त्यसको दुई मिनेटपछि भगवतीका शिशिर लेखीको पासमा सुजन डंगोलले गरेको पास गोल पोष्टको दायाँ पट्टीको जाली छोएर बाहिरियो।
सुरूआतदेखि नै आक्रामक खेलेको सातदोबाटोले गोल गर्ने राम्रो अवसर सिर्जना गरेपनि अवसरलाई गोलमा परिणत गर्न सकेन। खेलअवधि भर दुवै टोलीले दुवै हाफमा गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको थियो।









-1771987903946.webp&w=3840&q=75)


