बिहिबार, कार्तिक ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कोहली, भारत अनि विश्वकप !

शुक्रबार, जेठ ३, २०७६खेलपाटी संवाददाता
कोहली, भारत अनि विश्वकप !
Classic Tech Internet Ad

विधांशु कुमार ।

एजेन्सी । जुन ५, २०१९ । यही दिन भारतीय टिमले विश्वकप २०१९ को यात्रा सुरु गर्नेछ । पहिलो खेल हुने दक्षिण अफ्रिकाविरुद्व साउथह्याम्टनमा ।

भारतीय टिमका प्रशंसकलाई खुसी मात्र एक चिजले दिनेछ, त्यो भनेको उपाधि हो । उनीहरुको भरोसा र जितका कारण समेत छन्, जसलाई विश्व क्रिकेटले विराट कोहलीको नामले चिन्नेगर्छ ।

विराट टेष्ट क्रिकेट, वन डे क्रिकेट र टी ट्वान्टी क्रिकेटका नम्बर एक व्याट्सम्यान हुन् । उनको प्रशंसा ईङ्ल्याण्डका पुर्व कप्तान माइकल वानले गरेका थिए, जब ईङ्ल्याण्डविरुद्व वन डे क्रिकेटमा ३ सय ५१ रनको लक्ष्य भारतले सफलतापुर्वक पुरा गरेको थियो ।

भर्खरै एक कार्यक्रममा ईङ्ल्याण्डका पुर्व अलराउण्डर तथा आईसीसी वल्र्ड कपका ब्राण्ड एम्बेस्डर एन्ड्रयु फ्लििन्टफले भनेका छन्, विराट सचिन तेन्दुल्कर भन्दा राम्रा खेलाडी हुन् । सायद ‘अलटाईम’ उत्कृष्ट खेलाडी हुन् ।

उनै उत्कृष्ट खेलाडी तथा कप्तानसंग करोडौ प्रशंसकको आशा छ, भारतले पुन एक पटक विश्वकपको उपाधि जित्नेछ ।

तर सफलताको यस शिखरमा पुग्ने विराटको यात्रा सजिलो भने थिएन ।

विराट कोहली, VIRAT KOHLI, ICC WORLD CUP 2019

विराटनको जन्म दिल्लीको एक मध्यमवर्गीय सामान्य परिवारमा भयो । उनका बुवा प्रेम कोहलीको सपना थियो, विराट एक दिन ठुलो क्रिकेटर बनेर भारतको लागि खेलेको हेर्ने ।

उनले विराटको भर्ना दिल्लीका प्रशिक्षक राजकुमार शर्माको एकेडेमीमा गरि दिएका थिए ।

विराटको लगनशिलता र प्रशिक्षकको मेहनतले उनी सफलता सिढी चढ्दै गए । र दिल्लीको रणजी टीममा पर्न सफल भए ।

त्यसपछि घटना यसरी विकसीत भए, विराट राता रात युवा खेलाडीबाट एक परिपक्क क्रिकेटर बन्ने दौड पुरा गरे ।

VIRAT KOHLI, विराट कोहली, आईसीसी विश्व कप 2019, आईसीसी वर्ल्ड कप 2019, ICC WORLD CUP 2019, ICC WC 2019

एक घटना यसमा स्मरणीय छ ।

दिल्लीले रणजी ट्रफीमा कर्नाटकसंग खेल्न गईरहेको थियो । दिल्लीको अवस्था निकै नाजुक थियो । र दिल्ली खेलमा फर्कने सम्भावना निकै कम थियो । ४ सय ४६ रनको लक्ष्य पछ्याएको दिल्लीले ५ विकेट गुमाएर १ सय ३ रनमा दिनको खेल सकाएको थियो । विराट ४० रनमा नटआउट थिए । विराटको घरको अवस्था निकै नाजुक थियो । बुवा प्रेम केही दिन यता सिकिस्त थिए । सोही रात उनको निधन भयो ।

प्रशिक्षक राजकुमार शर्माले एक अन्तरवार्तामा भनेका छन्, जब उनी अष्ट्रेलियामा थिए, उनलाई विराटको फोन आएको थियो ।

प्रशिक्षकले भनेका छन्, ‘फोनमा विराट रोईरहेका थिए । उनले घटना सुनाए र खेल्ने\नखेल्ने सुझाव मागेका थिए । मैले सोधे, तिमी के गर्न चाहन्छौ । उनले भने म खेल्न चाहन्छु । मैले उनको कुरामा सहमत जनाए । केही घण्टापछि उनले फेरी फोन गरेर रोएका थिए । अम्पायरले गलत तरिकाले आउट दिएको उनको गुनासो थियो । उनको क्रिकेट प्रतिको लगाब यसरी पुष्टि हुन्छ ।’

विराट कोहली, महेंद्र सिंह धोनी, विश्व कप 2019, वर्ल्ड कप 2019, आईसीसी, आईसीसी वर्ल्ड कप 2019, आईसीसी विश्व कप 2019, VIRAT KOHLI, MSD, MS DHONI, ICC, ICC WORLD CUP 2019

विराटले केही समयको अन्तरमा यु–१९ टिमको कप्तानीको जिम्मेवारी पाए । उनको टिमले विश्वकपको उपाधि समेत जित्यो । उनले भारतीय सिनियर टिममा दाबी पेश गरिसकेका थिए । उनलाई रोक्ने अवस्था समेत थिएन । सन् २००८ मा उनले श्रीलंकाविरुद्व डेब्युको मौका पाएका थिए । आफ्नो पहिलो सिरिजमा अर्धशतक प्रहार गर्दै उनले शानदार अन्तराष्ट्रिय डेब्यु गरे ।

वन डेमा विराटले एक पछि अर्को गर्दै रेकर्ड बनाउन सुरु गरेका थिए । लक्ष्य पछ्याउने क्रममा उनको गतिलाई कसैले भे्टाउन सक्ने अवस्था रहेन ।

लक्ष्य पछ्याउने क्रममा विराटले ८४ खेलमा २१ शतक प्रहार गरेका छन् । जसमा ५ हजार भन्दा धेरै रन बनाएका छन् । यस क्रममा भारतलाई खेल जिताउन उनले १८ पटक शतक प्रहार गरेका छन् ।

वन डे क्रिकेटमा लक्ष्य पुरा गर्ने सवालमा कुनैपनि खेलाडीले विराट भन्दा अगाडी छैनन् ।

‘विराटले जसरी रन बनाईरहेका छन्, जब उनी सन्यास लिन्छन्, ब्याटिङको धेरै रेकर्ड उनको नाममा हुनेछ ।’ धेरै क्रिकेट पण्डित यसै भन्छन् ।

जसरी उनी शतक बनाउछन्, त्यो निकै अद्वितीय छ । उनले ४९ अर्धशतक र ४१ शतक प्रहार गरेका छन् । उनको ब्याटिङ हेर्दा लाग्छ, क्रिजमा रहन विराट कति मन पराउँछन् भनेर । उनी हरेक पटक दुई अर्धशतकलाई शतकमा जोड्न कति मन पराउँछन् भन्ने उनको ब्याटिङले बोल्छ ।

विराट कोहली, VIRAT KOHLI, ICC WORLD CUP 2019

विराट कोहलीका लागि अबको विश्वकप तेस्रो पटक हो । पहिलो पटक उनी सन् २०११ म विश्वकप खेलेका थिए । २१ बर्षको उमेरमा विश्व च्याम्पियन भएका थिए ।

उनले बंगलादेशविरुद्व शतक बनाएका थिए । विरेन्द्र सेहवागसंग मिलेर २ सय रनको साझेदारी गरेका थिए । श्रीलंकाविरुद्व फाईनलमा धोनीको हेलिकप्टर सट र गौतम गम्भिरको शानदार पालीलाई सबैले याद गर्छन । त्यही पालीमा कोहलीले गम्भिरसंग मिलेर ८५ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । जसले भारतको जितको आधार तय गरेको थियो ।

दोस्रो पटक उनले अष्ट्रेलिया र न्युजिल्याण्डमा खेलेका थिए । यस प्रतियोगितामा पाकिस्तानविरुद्व कोहलीले १ सय २६ बलमा १ सय ७ रन बनाएका थिए । सो खेल भारतले ७६ रनले जितेको थियो ।

कोहलीको बिशेष प्रभावले भारतले समुहको शीर्ष स्थानमा रहदै समुह चरण पार गरेको थियो । तर अष्ट्रेलियाविरुद्वको सेमिफाईनलमा उनी मात्र १ रनमा आउट भए ।

birat india cricketको लागि तस्बिर परिणाम

अब हुन गईरहेको ईङ्ल्याण्डको विश्वकप कोहलीको तेस्रो विश्वकप हो ।

कोहली पछिल्लो बर्ष जबरजस्त फर्ममा छन् । र उनले लगातार शतक प्रहार गरिरहेका छन् । क्रिकेटका पण्डितका अनुसार विराट अहिले करियरकै उच्च फर्ममा छन् । भारतीय क्रिकेट टिम अहिले सन्तुलित टिमको रुपमा अगाडी आएको छ । जसमा अनुभवी र युवा शक्तिको समिश्रण छ ।

टिमबाट महेन्द्रसिंह धोनी अन्तिम पटक विश्वकप खेल्दैछन् ।

के कोहलीको टिमले विश्वकप २०१९ जित्न सफल होला ?

तर प्रशंसक भन्छन्, विश्वकप कोहली र ईन्डियाको हो ।

 

(बीबीसीबाट)

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

बंगलादेश र वेस्ट इन्डिजको खेलको एक इनिङ्समै चार कीर्तिमान

बंगलादेश र वेस्ट इन्डिजको खेलको एक इनिङ्समै चार कीर्तिमान

रिजवान बर्खास्त, पाकिस्तानको नयाँ कप्तान अफ्रिदी

रिजवान बर्खास्त, पाकिस्तानको नयाँ कप्तान अफ्रिदी

Bajaj Pulsar Motorcycle Ad
भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल