आन फुटसल स्थगित
आइतबार, बैशाख २९, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’का खेलहरु स्थगित भएका छन् ।
शनिबार सेमिफाइनल र फाइनल खेलहरु सञ्चालन हुनु पर्नेमा प्राविधिक कारण देखाउँदै केही दिन प्रतियोगिता स्थगित गरिएको आन फुटसल प्रतियोगिता समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए ।
३२ टिम सहभागी भएकोमा मिडिया बास्केट, शीलापत्र डटकम, मिडिया हब र भोग एड एण्ड इभेन्ट सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनल र फाइनल खेल चाँडै सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।






-1759666509639.jpg&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)






