मनमैजु टिम च्याम्पियन
आइतबार, बैशाख २२, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालको मनमैजु डोजोले दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । मनमैजुले ५ स्वर्ण, २ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजो क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ५ कांस्यसाथ बंगलादेश दोश्रो भयो । तेश्रो स्थानको नेपालको ब्लेस एकेडेमीले २ स्वर्ण र ३ कांस्य प्राप्त ग¥यो ।
प्रतियोगिताको पुरुषमा सुवास परियार तथा महिलामा आयुशा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका हुन् । पुरस्कार स्वरुप दुवैले माउन्टेन बाइक प्राप्त गरे ।
लैनचारैस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







-1762303379429.webp&w=3840&q=75)