बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. सन्दीपको प्रदर्शनमा सुधार, मोन्ट्रेलको लगातार तेस्रो हार

सन्दीपको प्रदर्शनमा सुधार, मोन्ट्रेलको लगातार तेस्रो हार

२०१८ जुलाई ३, मङ्गलबारखेलपाटी संवाददाता

सन्दीपको प्रदर्शनमा सुधार, मोन्ट्रेलको लगातार तेस्रो हार

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मोन्ट्रेल टाइगर्सले क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो हार बेहोरेको छ ।

सोमबार राति भएको खेलमा भेनकोभर नाइट्ससंग १८ रनले पराजित हुँदै सन्दीपको टिम मोन्ट्रेलले लगातार तेस्रो हार बेहोरेको हो । भेनकोभरले दिएको १६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मोन्ट्रेलले १९ ओभर ४ बलमा अलआउट हुँदै १४८ रन मात्र बनाउन सक्यो ।

मोन्ट्रेलका लागि जर्ज वर्करले ४३ तथा मोसिस हेन्रिकले ४० रन बनाएपनि जित निकाल्न सकेनन् । ब्याटिङतर्फ नेपालका सन्दीपले ३ बलमा १ छक्कासहित ७ रन जोडेर अविजित रहे ।  सन्दीपले वेष्ट इन्डिजका बलर आन्द्रे रसेललाई एक छक्का प्रहार गरेका थिए । मोन्ट्रेललाई सस्तैमा रोक्न भेनकोभरका टिम साउथी र साद बिन जफरले समान ३ – ३ विकेट लिए ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भ्यानकुभरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १६६ रन बनाएको थियो । भेनकोभरका भान डार डुसानले अविजित ८३ रन जोड्दा बाबर हायातले २० रन जोडे । मोन्ट्रेलका लाथिस मालिंगाले ३ विकेट लिए ।

दोस्रो खेलमा सन्दीपले आफ्नो बलिङ फिगरमा सुधार गरे । ४ ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिए । जारी प्रतियोगितामा मेडन ओभर बलिङ गर्ने पहिलो खेलाडी समेत बनेका छन् सन्दीप । डेब्यु खेलमा सन्दीपले ४ ओभरमा ५७ रन खर्चदै मात्र १ विकेट लिएका थिए ।

यो लिगको लागि सन्दीप छैटौं चरणमा छानिएका थिए ।  भारतम सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।

ग्लोबल टी-२० क्रिकेट लिगमा सन्दीपको टोली पुछारमा रहेको छ । ३ खेल सकिदा मोन्ट्रेलले जित निकाल्न सकेको छैन । लिगमा विनिपिग हव्कस शीर्ष स्थानमा छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित