प्रिन्स फाईनलमा प्रवेश
शनिबार, १४ बैशाख २०७६खेलपाटी संवाददाता

फाइल फाेटाे
काठमाडौं । युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डमा जारी ‘योनेक्स सिन्घा रोजा जुनियर ईन्टरनेशनल च्यालेन्ज ब्याटमिन्टन’को फाईनलमा प्रवेश गरेका छन् ।
भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्दै उनी यु–१७ ब्वाईज एकल स्पर्धाको फाईनलमा पुगेका हुन् ।
उनले भारतका साइ विष्णु पुलेलालाई २१–९ र २१–१३ को सेटमा हराउँदै फाईनल यात्रा तय गरे ।
उनले क्वार्टरफाईनलमा थाइल्याण्डका ३ नम्बर वरियताका नत्थापी श्रीआनलुकलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम ४ को यात्रा तय गरेका थिए ।
२२ राष्ट्रका २ सय ५६ खेलाडीको सहभागिता भएको प्रतियोगितामा प्रिन्सले सेमिफाइनलमा स्थान बनाउदै पदक पक्का गरेका थिए ।













%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)
